कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । शनिबार नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि एक्लै प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिए ।

सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल नभए नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता स्वाभाविक रहेको उनले बताए ।
उनले मुलुकको निर्वाचन खर्च महँगो हुँदै गएको पनि बताए । यसअघि आफ्नो चुनावी खर्च नै ६ करोड रुपैयाँ भएको भन्दै खर्च घट्नुपर्ने मान्यता रहेको धारणा राखे ।

अब निर्वाचन जित्न कम्तीमा छ÷सात करोड खर्च गर्नुपर्ने देखिएकाले आफ्नो क्षेत्र नवलपरासीमा कांग्रेसका अरू कसैले निर्वाचन लड्न चाहेमा छाड्न तयार रहेको उनको भनाइ थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago