बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोलेको बताए

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको जिकिर गरे । छोटो समयमा नै पार्टी बलियो भएको दाबी समेत गरे ।

उनले एमालेमा विद्रोह गर्न नसकेका केही नेताको अवस्था बिजोग रहेको टिप्पणी पनि गरे । एमालेमा रहँदा आफूले निकै लोकप्रिय कार्यक्रम ल्याएको र त्यसको जस अरू कसैले लिन खोजेको उनको भनाइ थियो ।
अहिले आफूहरूलाई अरूको गाली गर्ने फुर्सद नरहेको र सकारात्मक सोचका साथ पार्टीलाई अघि बढाइरहेको उनले उल्लेख गरे । आउँदो निर्वाचनमा पार्टीलाई जिताउनका लागि इमानदारीपूर्वक जनतामाझ जान नेता-कार्यकर्तालाई आग्रह गरे ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago