जापानद्वारा रुसी कोइला आयातमा प्रतिबन्ध ।

जापान जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको हो ।

फाइल फोटो

यूक्रेनमा आक्रमण गरेको रुसले नागरिकको हत्या गर्ने र आणविक ऊर्जा केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको उहाँले टिप्पणी समेत गर्नुभएको छ । जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ । प्रधानमन्त्री किशिदाले जापान युक्रेनको साथमा रहेको पनि बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

भारत र चीनपछि जापान विश्वको तेस्रो ठूलो कोइला आयातकर्ता हो । जापानको कुल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो । यसैबीच जापानले आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको पनि जनाएको छ । यसअघि अष्ट्रियाले पनि आफ्नो देशमा रहेर कुटनीतिक मान्यता विपरीत काम गरेको भन्दै चार जना रुसी कूटनीतिज्ञलाई अप्रिल १२ भित्र देश छोड्न आदेश दिएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago