काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र वाग्मती प्रदेश समितिस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा बुधबार दाहालले अब केही समय गठबन्धनको कुरा साइडमा राखेर आफ्नै खुट्टामा उभिएर लड्ने तयारीमा जुट्नुपर्ने बताए ।
चुनावमात्रै नभई परिआए युद्ध लड्ने गरी तयारीमा जुट्नुपर्ने दाहालको भनाइ थियो । ‘पोहोरदेखि जाग्न थालेका छौं, अब पूरै जाग्नु पर्नेछ,’ दाहालको भनाइ उद्धृत गर्दै एक प्रदेश कमिटी सदस्यले भने, ‘चुनावमात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुट्नुपर्छ ।’
गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई सत्तामा आफूहरुले पुर्याएको भन्दै दाहालले कतिपय कांग्रेसी नेताले होच्याउने गरेको भन्दै असन्तुष्ट राखे । ‘एकथरी कांग्रेस हामीलाई होच्याएर बोल्छन्, २३ सिट भएकालाई सिंहासनमा पुर्याएको हामीले हो,’ दाहालले भने, ‘कांग्रेस-एमाले दुवैलाई रछ्यानमा पुर्याउने तागत हामीसँग छ ।’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…