काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र वाग्मती प्रदेश समितिस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा बुधबार दाहालले अब केही समय गठबन्धनको कुरा साइडमा राखेर आफ्नै खुट्टामा उभिएर लड्ने तयारीमा जुट्नुपर्ने बताए ।
चुनावमात्रै नभई परिआए युद्ध लड्ने गरी तयारीमा जुट्नुपर्ने दाहालको भनाइ थियो । ‘पोहोरदेखि जाग्न थालेका छौं, अब पूरै जाग्नु पर्नेछ,’ दाहालको भनाइ उद्धृत गर्दै एक प्रदेश कमिटी सदस्यले भने, ‘चुनावमात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुट्नुपर्छ ।’
गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई सत्तामा आफूहरुले पुर्याएको भन्दै दाहालले कतिपय कांग्रेसी नेताले होच्याउने गरेको भन्दै असन्तुष्ट राखे । ‘एकथरी कांग्रेस हामीलाई होच्याएर बोल्छन्, २३ सिट भएकालाई सिंहासनमा पुर्याएको हामीले हो,’ दाहालले भने, ‘कांग्रेस-एमाले दुवैलाई रछ्यानमा पुर्याउने तागत हामीसँग छ ।’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…