काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि निजी वायुसेवाले जहाजको सुरक्षाका लागि ‘गार्ड’ राख्नुपर्ने भएको छ । दुबई उड्ने तरखरमा भर्‍याङ जोडेर राखिएको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा फागुन ९ मा कोटेश्वरको तारजालीबाट एक व्यक्ति पसेको घटनापछि विमानस्थल प्रशासनले त्यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई सर्कुलरमार्फत ‘गार्ड’ राख्न अनिवार्य गरेको हो ।

निगमको जहाजमा सुरक्षा जाँचबिना एक व्यक्ति पसेको घटनापछि यो नियम अनिवार्य गरेका हौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले कान्तिपुरसँग भने, ‘पहिले नेपाल वायुसेवा निगमले मात्रै निजी सुरक्षा कम्पनीबाट गार्ड राख्दै आएको थियो, अब सबै वायुसेवालाई अनिवार्य गरिएको छ ।’
काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ हाल दुई नेपालीसहित २० वटा वायुसेवा छन्, कोभिडअघि २९ वटा थिए । अब स्वदेशी/विदेशी वायुसेवाले यात्रु राखेर जहाज उड्ने बेलासम्म पार्किङ क्षेत्रको सुरक्षा आफैं गर्नुपर्नेछ । काठमाडौं विमानस्थलको बाहिरी सुरक्षा नेपाली सेनाले लिएको छ । भित्री पेरीफेरी र यात्रुको जाँच तथा ग्राउन्ड ह्यान्डलिङका क्रममा जहाजबाट सामान चोरी हुन नदिन नेपाल प्रहरीले सुरक्षा जिम्मा लिएको छ ।

‘जहाजको ढोकामा भर्‍याङ जोडिएदेखि पार्किङ वे छाड्दासम्म गार्डले सुरक्षा दिनुपर्छ,’ महाप्रबन्धक ठाकुरले भने । उनले विमानस्थलसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमले पनि पार्किङमा राखिएको जहाजको सुरक्षा त्यही वायुसेवा कम्पनीको हुने उल्लेख गरेको बताउँदै नेपालमा यो नियम प्रभावकारी रूपमा लागू भइनसकेकाले अब कडाइ गरिने बताए । उनका अनुसार आन्तरिक उडान गर्ने साना वायुसेवाका लागि पनि यही नियम लागू हुन्छ ।

यसैबीच श्रम गन्तव्यमा जाने नेपालीले अबदेखि विमानस्थल प्रवेश गर्दा त्यहाँ रहेका तीनमध्ये जुनुसुकै गेटबाट प्रवेश गर्न पाउने भएका छन् । यसअघि श्रमिकका लागि मात्रै एउटा गेट तोकिएको थियो । श्रमिकलाई अलग्गै गेटबाट पठाउने नियमले यात्रुबीच विभेद भएको भन्दै आलोचना भइरहेको थियो । बुधबार विमानस्थल पुगेर श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले यो नियम हटाएका हुन् । ‘श्रममन्त्रीले श्रम डेस्क हटाउनुभयो, अब श्रम बजारमा जाने नेपालीले जुनसुकै गेटबाट विमानस्थलभित्र प्रवेश गर्न पाउने छन्,’ महाप्रबन्धक ठाकुरले भने ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago