माओवादीले सुरु गरेको द्वन्द्वले सर्वहारा वर्गमा देखाइएको सपना भ्रम

सुर्खेत: दश वर्षे माओवादी सशस्त्र द्वन्द्वमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले सुरु गरेको द्वन्द्वले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचोको अन्त्य हुन्छ भनेर देखाइएको सपना भ्रम रहेको उनको भनाइ छ ।

देश परिवर्तन गर्छु भनेर हिँड्ने माओवादीका नेताहरू अहिले आफैँ अधिकारको दुरुपयोग गर्दै आफू र आफन्तको हितमा केन्द्रित भएको उनको गुनासो छ ।

द्वन्द्वमा होमिँदा महिला हिंसाको अन्त्य हुन्छ, बालविवाह, बहुविवाहको अन्त्य हुन्छ, सर्वहारा वर्गको राज्यसत्ता स्थापना भए उत्पीडित नागरिकका दिन आउँछन् भन्ने सपना देखाइएपछि उनी ८ साउन २०५८ मा माओवादी द्वन्द्वमा होमिएकी थिइन् ।

दुल्लु नगरपालिका माइती घर भएकी उर्मिलाको घर नजिकै प्रहरी चौकी थियो । उनी कक्षा ९ मा पढ्दै थिइन् । विद्यालय आउँदा जाँदा प्रहरीले उनलाई माओवादी कहाँ छन् भनेर सोध्ने गर्थे । प्रहरीले माओवादीबारे सोध्न थालेपछि उनलाई माओवादीमा जाने सोचमा पुगिन् । महिलामुक्ति, जातीयमुक्तिका निम्ति लड्नुपर्छ भन्दै माओवादी कार्यकर्ताले उनलाई फकाउन थालेपछि उर्मिलालाई द्वन्द्वमा होमिन मन लाग्यो ।

तर, आफूलाई देखाएको सपना सपनामै सीमित रहेको उर्मिलाको गुनासो छ । माओवादी द्वन्द्वताका उनको प्रेरणाले चुलो चौकोमा सीमित कैयौँ किशोरी द्वन्द्वमा होमिन तयार भए । तर, उनी अहिले आफैँ पीडित र अशक्त छिन् । बन्दुक बिसाएर अहिले उनी चुलोचौकोमै छिन् ।

फागुन २०५८ मा अछामको मङ्गलसेन आक्रमण गर्दा सहभागी भएकी उर्मिला सेक्सन भिसिसमेत भएकी थिइन् । विभिन्न स्थानमा भएका आक्रमणमा होमिएकी उर्मिला रुकुमको खार आक्रमण पश्चात् अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमणमा भने घाइते भइन् । सो भिडन्तमा बायाँ खुट्टाको ह्पि हुँदै गोली बाहिर निस्केको उनी बताउँछिन् ।

उनको उपचार नेपालमा सम्भव नभएपछि भारतको लखनउ पुर्याइयो । उनको उपचार त्यहाँ पनि सम्भव भएन । त्यहाँबाट पनि भारतको पन्जाबको जलनधर पुगेर उपचार गरेको उर्मिला सझिन्न्छिन् । तर, उपचार भइरहेको भारतीय आर्मीले जानकारी पाएपछि उर्मिलालाई राम्रोसँग उपचार नगरी २०६२ मा नेपाल ल्याइयो । त्यसपछि नेपालगन्ज क्षेत्रीय अस्पतालमा राखियो ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला उनी उर्मिला दैलेख जिल्ला फर्किइन् । तर, ज्यानको बाजी मारेर लडाइँ गर्दा पनि न देशको न आफ्नै जीवनमा परिवर्तन आउन नसक्दा उनलाई चिन्तित् बनाएको बताउँछिन् ।

‘१७ वटा लडाइँ लडेर अहिले न त कुनै व्यवस्था भयो । अपांग शरीर लिएर चुलौचौकोमै थन्किनुपरेको छ,’ उनले भनिन् । एक्लै रहेकी उनलाई कसैको साथ छैन । द्वन्द्वमा गोली लागेर शारीरिक रुपमा अपांग रहेकी उनलाई आर्थिक संकट रहेका बताउँछिन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago