माओवादीले सुरु गरेको द्वन्द्वले सर्वहारा वर्गमा देखाइएको सपना भ्रम

सुर्खेत: दश वर्षे माओवादी सशस्त्र द्वन्द्वमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले सुरु गरेको द्वन्द्वले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचोको अन्त्य हुन्छ भनेर देखाइएको सपना भ्रम रहेको उनको भनाइ छ ।

देश परिवर्तन गर्छु भनेर हिँड्ने माओवादीका नेताहरू अहिले आफैँ अधिकारको दुरुपयोग गर्दै आफू र आफन्तको हितमा केन्द्रित भएको उनको गुनासो छ ।

द्वन्द्वमा होमिँदा महिला हिंसाको अन्त्य हुन्छ, बालविवाह, बहुविवाहको अन्त्य हुन्छ, सर्वहारा वर्गको राज्यसत्ता स्थापना भए उत्पीडित नागरिकका दिन आउँछन् भन्ने सपना देखाइएपछि उनी ८ साउन २०५८ मा माओवादी द्वन्द्वमा होमिएकी थिइन् ।

दुल्लु नगरपालिका माइती घर भएकी उर्मिलाको घर नजिकै प्रहरी चौकी थियो । उनी कक्षा ९ मा पढ्दै थिइन् । विद्यालय आउँदा जाँदा प्रहरीले उनलाई माओवादी कहाँ छन् भनेर सोध्ने गर्थे । प्रहरीले माओवादीबारे सोध्न थालेपछि उनलाई माओवादीमा जाने सोचमा पुगिन् । महिलामुक्ति, जातीयमुक्तिका निम्ति लड्नुपर्छ भन्दै माओवादी कार्यकर्ताले उनलाई फकाउन थालेपछि उर्मिलालाई द्वन्द्वमा होमिन मन लाग्यो ।

तर, आफूलाई देखाएको सपना सपनामै सीमित रहेको उर्मिलाको गुनासो छ । माओवादी द्वन्द्वताका उनको प्रेरणाले चुलो चौकोमा सीमित कैयौँ किशोरी द्वन्द्वमा होमिन तयार भए । तर, उनी अहिले आफैँ पीडित र अशक्त छिन् । बन्दुक बिसाएर अहिले उनी चुलोचौकोमै छिन् ।

फागुन २०५८ मा अछामको मङ्गलसेन आक्रमण गर्दा सहभागी भएकी उर्मिला सेक्सन भिसिसमेत भएकी थिइन् । विभिन्न स्थानमा भएका आक्रमणमा होमिएकी उर्मिला रुकुमको खार आक्रमण पश्चात् अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमणमा भने घाइते भइन् । सो भिडन्तमा बायाँ खुट्टाको ह्पि हुँदै गोली बाहिर निस्केको उनी बताउँछिन् ।

उनको उपचार नेपालमा सम्भव नभएपछि भारतको लखनउ पुर्याइयो । उनको उपचार त्यहाँ पनि सम्भव भएन । त्यहाँबाट पनि भारतको पन्जाबको जलनधर पुगेर उपचार गरेको उर्मिला सझिन्न्छिन् । तर, उपचार भइरहेको भारतीय आर्मीले जानकारी पाएपछि उर्मिलालाई राम्रोसँग उपचार नगरी २०६२ मा नेपाल ल्याइयो । त्यसपछि नेपालगन्ज क्षेत्रीय अस्पतालमा राखियो ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला उनी उर्मिला दैलेख जिल्ला फर्किइन् । तर, ज्यानको बाजी मारेर लडाइँ गर्दा पनि न देशको न आफ्नै जीवनमा परिवर्तन आउन नसक्दा उनलाई चिन्तित् बनाएको बताउँछिन् ।

‘१७ वटा लडाइँ लडेर अहिले न त कुनै व्यवस्था भयो । अपांग शरीर लिएर चुलौचौकोमै थन्किनुपरेको छ,’ उनले भनिन् । एक्लै रहेकी उनलाई कसैको साथ छैन । द्वन्द्वमा गोली लागेर शारीरिक रुपमा अपांग रहेकी उनलाई आर्थिक संकट रहेका बताउँछिन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago