काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नर्भिक अस्पताललाई सरकारसँग लिजमा लिएको जग्गामा नक्सा पास नगरी बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छन्।
अस्पतालले बनाएको उक्त संरचना सरकारसँग भएको सम्झौताविपरीत भएकोले २४ घण्टाभित्र हटाउन निर्देशन दिइएको हो। अन्यथा नियमअनुसार कारबाही हुने चेतावनीसमेत महानगरले दिएको छ।
‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०८५ क्षे.फ. १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत नक्सा पास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ। अन्यथा नियमानुसार कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,’ महानगरको सहरी व्यस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यले जारी गरेको सूचनामा उल्लेख छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…