काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नर्भिक अस्पताललाई सरकारसँग लिजमा लिएको जग्गामा नक्सा पास नगरी बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छन्।
अस्पतालले बनाएको उक्त संरचना सरकारसँग भएको सम्झौताविपरीत भएकोले २४ घण्टाभित्र हटाउन निर्देशन दिइएको हो। अन्यथा नियमअनुसार कारबाही हुने चेतावनीसमेत महानगरले दिएको छ।
‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०८५ क्षे.फ. १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत नक्सा पास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ। अन्यथा नियमानुसार कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,’ महानगरको सहरी व्यस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यले जारी गरेको सूचनामा उल्लेख छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…