५ वर्ष भित्रमा बिर्तामोडलाई सुन्दर बनाउने प्रतिवद्धता- देवराज कार्की

बिर्तामोड, नेकपा एमाले बिर्तामोड नगर कमिटी इञ्चार्ज देवराज कार्कीले अबको ५ वर्ष भित्रमा बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने प्रतिवद्धता जनाएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै उनले २०७४ सालको निर्वाचनअघि कुपोषण लागे जस्तो रहेको बिर्तामोडलाई अहिले ३५ वर्षको हट्टाकट्टा युवा जस्तो बनाएको दावी गरे ।

इञ्चार्ज कार्कीले यसलाई अबको ५ वर्षभित्रमा एमाले नेतृत्वको सरकारले १६ वर्षे युवा जस्तो सुन्दर,सफा,लोभलाग्दो र हराभरा बनाउने बताए । नेकपा एमालेले नगरको सुन्दर भविष्य समेटिएको १७ वटा बुँदामा प्रतिवद्धतापत्र सार्वजनिक गरेको कार्कीको भनाई छ ।

शिक्षा,स्वास्थ्य र कृषि हबको रुपमा बिर्तामोडलाई विकास गर्ने नेकपा एमालेको प्रतिबद्धतापत्रमा उल्लेख छ । एमालेले अबको ५ वर्ष भित्रमा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय र प्रविधियुक्त बनाउँदै कक्षा १२ सम्म पूर्णरुपमा निशुल्क गर्ने,बिर्तामोडमा रहेको सामुदायिक,निजी र सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्यमैत्री ढंगले अघि बढाउने,असहाय नागरिकहरुलाई स्वास्थ्य विमामार्फत उपचार गराउने,कृषिलाई आधुनिकीकरण गर्दै लैजाने,३ वटा चिस्यान गृह र माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रतिवद्वतापत्रमा उल्लेख छ ।

नगर इञ्चार्ज कार्कीले विपन्न नागरिकहरुलाई रोजगार र उत्पादनसंग जोडेर आफ्ना कार्यक्रमहरुलाई अघि बढाउने,उनीहरुको लागि निशुल्क शिक्षा,निशुल्क स्वास्थ्य विमा,खानेपानी,विद्युत,शौचालयसहित सुविधायुक्त जनता आवास निर्माण गर्ने बताए । यस्तै उनले भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाएर धनीपुर्जा उपलव्ध गराउने पनि बताए ।

इञ्चार्ज कार्कीले कम्युष्टि पार्टीको नेतृत्वमा बनेको सरकारले भ्रष्टचार नगर्ने,सुशासन,पारदर्शिता र जनमुखी सेवालाई अघि बढाउने बताए । उनले नगरमा भएका भाषा,कला,संस्कार संस्कृति,साहित्यको विकासको लागि प्रज्ञा प्रतिष्ठान गठन गर्ने,रोजगार सेवाकेन्द्र स्थापना गर्ने पनि बताए ।

उनले नगरको भौतिक विकासको लागि एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढ्ने बताए । नेकपा एमालेले ५ वर्ष भित्रमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने,बाँकीलाई उच्चस्तरीय ग्राभेल,पेवर्स लगाउने, डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति गरी ७ हजार ५ सय सिट क्षमताको प्याराफिट निर्माण गर्ने,मदन भण्डारी खेलमैदानलाई क्रिकेट एकाडेमी,फुटवल एकाडेमी सञ्चालन गर्नेलगायतका नगर गौरवका आयोजनाहरुलाई प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

बिर्तामोडमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा पवित्रा महतारा प्रसाई र उपप्रमुखमा नगेन्द्र प्रसाद संग्रौला उम्मेदवार छन् । उम्मेदवारहरुले चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमलाई अघि बढाईरहेका छन् ।

शनिबार नगरप्रमुख र उपप्रमख पदका उम्मेदवारसहित वडा नम्बर ४मा घरदैलो कार्यक्रम गरिएको छ । वडानम्बर ४मा वडाध्यक्षमा राहुलकुमार शर्मा र सदस्यहरुमा खुल्ला महिला तर्फ रमादेवी राजवंशी,दलित महिलातर्फ निर्मलादेवी सुनुवार,सदस्यमा उमेश राउत र केशवकुमार श्रेष्ठ उम्मेदवार रहेका छन् ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago