बिर्तामोड २ मा खानेपानीको विस्तार भएन– जलकुमार गुरुङ

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले वडा कार्यालयले कुनै पनि बजेट नछुट्याउँदा बिर्तामोड २ मा खानेपानीको सेवा विस्तार गर्न नसकिएको बताएका छन् ।

उनले गठबन्धनका उम्मेदवार धर्म लक्सम्बा नेतृत्वको टीमलाई जिताए बिर्तामोड २ मा खानेपानी विस्तार गर्ने जिम्मा आफूले लिने प्रतिवद्धता जनाए ।

गठबन्धनद्वारा बिर्तामोड २ चैतुबारीमा आज आयोजित कोणसभामा गत निर्वाचनमा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार समेत रहेका गुरुङले मेयर भोजराज सिटौला , उपमेयर सीपी कडरियासहित गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । धर्मराज लक्सवाको टिमलाई वडामा जिताउन अपिल गर्दै नेता गुरुङले वडावासीलाई खानेपानीको पहुँच पु-याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मेयरका उम्मेदवार भोजराज सिटौलाले चारपाने हाईवे माथिको वर्षातको पानीलाई व्यवस्थित ढङ्गबाट व्यवस्थापन गर्ने,किसान परिचयपत्र वितरण गर्ने र सो माध्यमबाट किसानलाई राहत उपलब्ध गराउने अनुदानलाई व्यवस्थित र वैज्ञानिक ढङ्गबाट संचालनमा ल्याउने ,विपन्न परिचयपत्रमार्फत विपन्न परिवारमा स्वास्थ्य शिक्षामा निशुल्क व्यवस्थापन गर्ने ,कन्काई नगरसँग समन्वय गरी चैतुवारी पश्चिम घाग्रा खोला पुलको व्यवस्थापन गर्ने साथै नैनाटोल,चैतुबारी हुँदै सैनिकमोड बाटो रणनीति महत्वको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले बहुजातीय सांस्कृतिक संग्रहालयसहित सोमबारेमा रहेको पोखरीको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकसित गराउने प्रतिबद्धतासमेत जनाए । कार्यक्रममा उपमेयरका उम्मेदवार सीपी कडरिया ,वडाध्यक्षका उम्मेदवार लक्सम्बाले पनि बोलेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago