करङ भाँच्चिने गरि कांग्रेसका प्रतिनिधि माओवादी कार्यकर्ताबाट कुटिए

सिन्धुपाल्चोक: बलेफी गाउँपालिकाको वडा ५ बिन्जेलको आँपबोटमा भोटको विषयलाई लिएर विवाद हुँदा माओवादी केन्द्रका कार्यकर्ताद्वारा कांग्रेसका वडा प्रतिनिधिसहितका युवाहरु कुटिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन ०७९ नजिकिँदै गर्दा बिहीबार बेलुकी नौ बजे घरदैलो अभियान सकेर घर फर्किएका बलेफी गाउँपालिका वडा ५ का वडा प्रतिनिधि कुमार तामाङसहित चार जनामाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतकाअनुसार जानकारी आएलगत्तै प्रहरी पुगेको र घटनाबारे आवश्यक छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ । कुटपिटबाट चार घाइतेमध्ये वडा प्रतिनिधि तामाङको अवस्था गम्भीर रहेको र अधिकांशको टाउको, हात र ढाडमा गहिरो चोट लागेको देखिएको छ । दुवै समूहको पक्षमा के कसरी झडप भएको भन्नेबारे आवश्यक अनुसन्धान सुरु गरिएको र यस्ता गतिविधि हुन नदिन सुरक्षाकर्मी सक्रिय रहेको उनले उल्लेख गरे । ‘यसबारे थप बुझ्दैछौं, स्थलगत रुपमा अनुसन्धान हुँदैछ,’ डीएसपी बस्नेतले भने ।
कुमारसहित घाइते खड्गबहादुर तामाङ, बयान तामाङ र सुवास तामाङको बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीले बोतल, ढुंगाको प्रहारले कुमारको करङ भाँच्चिएको र बाँकी तीनै जनाको टाउकोमा गहिरो चोट लागेको बताएको कांग्रेस बलेफी गाउँपालिका सभापति रामकुमार तामाङले बताए । माओवादी केन्द्रका वाईसिएल फोर्सबाट योजनाबद्ध ढंगले गरिएको सामूहिक आक्रमणले घाइते चार जनामध्ये एकको अवस्था गम्भीर देखिएको उनले आरोप लगाए । ‘तीन जनाको शरीरभरि निलडाम छन् भने टाउकोमा चोट लागेका वडा प्रतिनिधि तामाङलाई स्वास्थ्यकर्मीले धुलिखेल रिफर गरेका छन्, मत माग्ने सबैलाई अधिकार छ, यो साह्रै दुखद घटना भयो, ’ तामाङले भने ।

यसबारे माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले भने आचारसंहिताको विषयलाई लिएर सामान्य विवाद मात्रै भएको पाइएको बताए । माओवादी केन्द्रका कार्यकर्ता भने कोही पनि घाइते नभएको उनले जनाए । ‘दुवैबीच सामान्य विवादको कुरा आएको छ, ’ उनले भने ।

सल्लाह गर्ने बहाना बनाएर मरणासन्न हुने गरी कुटे ’

बिहीबार बेलुकी अबेरसम्म बलेफी गाउँपालिकाको आँपबोटमा नाचगान चल्दै थियो । घाइते वडा प्रतिनिधि कुमार तामाङका अनुसार चार जनालाई वाईसिएलका २० जनाको टिमसँगै बसिरहेका बलेफी गाउँपालिका ५ वडासदस्य पदका उम्मेद्वार रामबहादुर तामाङले आफूलाई ‘सल्लाह गर्नुपर्‍यो’ भनेर बोलाएका थिए ।

चिनजानको आधारमा आफू एक्लै उनीकहाँ गएको उनले बताए ।‘यहाँ तपाईंहरुले मत माग्न पाउनुहुन्न, यहाँ भोट माग्न नआए हुन्छ यो हाम्रो ‘एरिया’ हो’ भनेर धम्क्याएपछि केही बाझाबाझ सुरु भएको थियो । ‘हामीले मत माग्न पाउने सबैलाई समान अधिकार छ, यस्तो कुरा कहाँ हुन्छ ? भनेर बहस गरेका थियौं’ भनेर आफ्नो कुरा राखेको उनले बताएका छन् । आफूलाई चारैतिरबाट धकेलाधकेल भएपछि उनले केही पर बसेका तीन जनालाई गुहार माग्दै चिच्याएका थिए ।

तामाङलाई हुलबाट निकाल्न आएका तीन जनालाई देखेपछि एकाएक बोतल, लाठी, ढुंगाले जथाभावी प्रहार गर्न थालेका थिए । ज्यान जोगाउन भागेर गाउँमा पुगेका उनले लुकेर सुरक्षाकर्मी र दलका नेतालाई खबर गरेका थिए । कुटपिटका क्रममा उनको आफ्नो टाउको, ढाड र खुट्टामा चोट लागेको छ । ‘स्वास्थ्यकर्मीले करङ भाँच्चिएको भनेका छन्, टाउकोमा चोट लागेको छ, जिउ उठाउन सकिरहेको छैन्, साह्रै गाह्रो भयो, सल्लाह गर्ने बाहानामा निर्घात कुटे,भागेर ज्यान जोगायौं,’ उनले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago