प्रेम सुनार, गुल्मी: गुल्मीमा ‘चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला-२०७८’ संचालन हुने भएको छ। आउँदो चैत्र २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला-२०७८ संचालन हुने आयोजक संस्था उद्योग वाणिज्य संघले जनाएको हो।
‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नाराका साथ चोथौँ गुल्मी महोत्सव हुन लागेको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए । गुल्मीको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका–८, चिदीचौरमा संचालन हुने महोत्सवको आयोजक गुल्मी उद्योग वाणिज्य संघ रहेको छ । जसको सह–आयोजकमाः नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश रहेका छन् ।
महोत्सवमा हुने मुनाफाको ४० प्रतिशत रकम गुल्मीको पर्यटकीय क्षेत्रमा खर्च गरिने आयोजकले बताएका छन् । महोत्सवमा दैनिक ९ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवमा प्रदेश शुल्कको टिकट ६० रुपैयाँ राखिने र विद्यार्थीको लागि ४० रुपैयाँ मात्र तोकिएको छ ।
कोरोनाका कारण थलिएको आर्थिक अवस्थाले गर्दा व्यापारमा कारोबारको समस्टिगत अपेक्षा गरिएको छैन । कारोबार थोरै वा धेरै हुने हुने महोत्सव अगाडि भन्न नसकिने संघले जनाएको छ । महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुति रहने छ । महोत्सवमा कृषि प्रदर्शनी, व्यापार, ब्यापारिक स्टल लगायतका स्थानीय तहलाई चिनाउने वस्तुहरु आकर्षका रुपमा राखिने छ ।
गुल्मी जिल्लामा अवसरको कमीले गर्दा लुकेर रहेका सम्पदा, कला, संस्कृतिलाई उजागर गरी प्रवर्धन गर्ने, स्थानीय उत्पादनको प्रचारप्रसार एवं बिक्री वितरण गर्ने, उत्पादन वृद्धि गर्नको लागि प्रोत्साहित गर्ने र स्वरोजगारका वृद्धि गर्ने, उपभोक्ताको चाहना बुझी स्थानीय उत्पादन प्रयोगमा वृद्धि गरी राष्ट्रिय आयमा वृद्धि गर्ने जनाइएको छ ।
यस्तै अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनको परिचय गराई निर्यात व्यापार वृद्धि गर्ने, आन्तरिक एवं बाह्य पर्यटकहरूलाई परिचय गराई ग्रामीण पर्यटनको प्रवर्धन गर्दै ग्रामीण जनताको आय आर्जनमा वृद्धि गरी गरिबी निवारणमा सहयोग पुर्याउने, गुल्मी जिल्लाका घरेलु, हस्तकला उद्यमहरूका उत्पादनहरूको बजारीकरणमा सहयोग गर्ने अध्यक्ष पौड्यालले बताए।
गुल्मी जिल्लाका कला, संस्कृति, भेषभूषा र प्रतिभाहरूको पहिचान गरी सोको संरक्षण सम्बर्धन र प्रवर्धन गर्ने र एकै थलोमा नगरपालिकाका तथा जिल्लाका ९३ वटै वडाका आ-आफ्ना पहिचानहरूको प्रदर्शन गर्ने लगायतका उद्देश्यले चौथो गुल्मी महोत्सव गर्न लागिएको संघले जनाएको छ । मुख्य प्रायोजकका लागि ५ लाख, प्रायोजकका लागि २ लाख, सह–प्रायोजकका लागि १ लाख, सहयोगी संस्थाका लागि ५० हजार रुपैयाँ तोकिएको छ ।
स्टलको विवरणमा कपडा तथा अन्यका लागि २५ हजार प्रति स्टल, फाष्टफुडका लागि ३५ हजार प्रति स्टल तोकिएको उद्योग वाणिज्य संघका महासचिव ईश्वरी प्रसाद बेल्वासेले जानकारी दिए। महोत्सवमा कृषि प्रदर्शनी स्टल निःशुल्क, घरेलु उत्पादन प्रदर्शनी निःशुल्क र स्थानिय पुस्तक तथा पत्रिका प्रदर्शनी निःशुल्क रुपमा राख्न दिइने छ । महोत्सव संचालनका लागि मूल समिति र विभिन्न उपसमिति बनाएर तयारी तिव्र पारिएको महासचिव ईस्वरी बेलवासेले बताए।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…