चौथो गुल्मी महोत्सव चैत्र २५ देखि वैशाख ४ गतेसम्म आयोजना हुने

प्रेम सुनार, गुल्मी: गुल्मीमा ‘चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला-२०७८’ संचालन हुने भएको छ। आउँदो चैत्र २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला-२०७८ संचालन हुने आयोजक संस्था उद्योग वाणिज्य संघले जनाएको हो।

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नाराका साथ चोथौँ गुल्मी महोत्सव हुन लागेको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए । गुल्मीको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका–८, चिदीचौरमा संचालन हुने महोत्सवको आयोजक गुल्मी उद्योग वाणिज्य संघ रहेको छ । जसको सह–आयोजकमाः नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश रहेका छन् ।

महोत्सवमा हुने मुनाफाको ४० प्रतिशत रकम गुल्मीको पर्यटकीय क्षेत्रमा खर्च गरिने आयोजकले बताएका छन् । महोत्सवमा दैनिक ९ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवमा प्रदेश शुल्कको टिकट ६० रुपैयाँ राखिने र विद्यार्थीको लागि ४० रुपैयाँ मात्र तोकिएको छ ।

कोरोनाका कारण थलिएको आर्थिक अवस्थाले गर्दा व्यापारमा कारोबारको समस्टिगत अपेक्षा गरिएको छैन । कारोबार थोरै वा धेरै हुने हुने महोत्सव अगाडि भन्न नसकिने संघले जनाएको छ । महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुति रहने छ । महोत्सवमा कृषि प्रदर्शनी, व्यापार, ब्यापारिक स्टल लगायतका स्थानीय तहलाई चिनाउने वस्तुहरु आकर्षका रुपमा राखिने छ ।

गुल्मी जिल्लामा अवसरको कमीले गर्दा लुकेर रहेका सम्पदा, कला, संस्कृतिलाई उजागर गरी प्रवर्धन गर्ने, स्थानीय उत्पादनको प्रचारप्रसार एवं बिक्री वितरण गर्ने, उत्पादन वृद्धि गर्नको लागि प्रोत्साहित गर्ने र स्वरोजगारका वृद्धि गर्ने, उपभोक्ताको चाहना बुझी स्थानीय उत्पादन प्रयोगमा वृद्धि गरी राष्ट्रिय आयमा वृद्धि गर्ने जनाइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनको परिचय गराई निर्यात व्यापार वृद्धि गर्ने, आन्तरिक एवं बाह्य पर्यटकहरूलाई परिचय गराई ग्रामीण पर्यटनको प्रवर्धन गर्दै ग्रामीण जनताको आय आर्जनमा वृद्धि गरी गरिबी निवारणमा सहयोग पुर्याउने, गुल्मी जिल्लाका घरेलु, हस्तकला उद्यमहरूका उत्पादनहरूको बजारीकरणमा सहयोग गर्ने अध्यक्ष पौड्यालले बताए।

गुल्मी जिल्लाका कला, संस्कृति, भेषभूषा र प्रतिभाहरूको पहिचान गरी सोको संरक्षण सम्बर्धन र प्रवर्धन गर्ने र एकै थलोमा नगरपालिकाका तथा जिल्लाका ९३ वटै वडाका आ-आफ्ना पहिचानहरूको प्रदर्शन गर्ने लगायतका उद्देश्यले चौथो गुल्मी महोत्सव गर्न लागिएको संघले जनाएको छ । मुख्य प्रायोजकका लागि ५ लाख, प्रायोजकका लागि २ लाख, सह–प्रायोजकका लागि १ लाख, सहयोगी संस्थाका लागि ५० हजार रुपैयाँ तोकिएको छ ।

स्टलको विवरणमा कपडा तथा अन्यका लागि २५ हजार प्रति स्टल, फाष्टफुडका लागि ३५ हजार प्रति स्टल तोकिएको उद्योग वाणिज्य संघका महासचिव ईश्वरी प्रसाद बेल्वासेले जानकारी दिए। महोत्सवमा कृषि प्रदर्शनी स्टल निःशुल्क, घरेलु उत्पादन प्रदर्शनी निःशुल्क र स्थानिय पुस्तक तथा पत्रिका प्रदर्शनी निःशुल्क रुपमा राख्न दिइने छ । महोत्सव संचालनका लागि मूल समिति र विभिन्न उपसमिति बनाएर तयारी तिव्र पारिएको महासचिव ईस्वरी बेलवासेले बताए।

 

salik khatry

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago