रुसले आक्रमण गरे जर्मनीसम्म पुर्‍याइएको ग्याँस पाइपलाइन बन्द गर्ने बाइडेनको चेतावनी

 एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पुर्‍याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् ।

जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम– २’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि अमेरिका र जर्मन सरकार प्रमुखबीच छलफल भएको हो ।

रुस–युक्रेन तनावकाबीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडनसँग भेटवार्ता गरेका थिए ।

‘नोर्ड स्ट्रीम– २’ प्राकृतिक ग्याँस पाइपलाइन बाल्टिक सागरको मुनिबाट रुसबाट जर्मनीसम्म पुगेको छ । अमेरिका र जर्मनीका साझेदार युरोपेली देशहरु सुरुदेखि नै यो ग्याँस पाइपलाइनको विरोधमा छन् ।

किनभने युरोपका देशहरुमा रुसी ग्याँस पाइपलाइनप्रति निर्भरता बढ्ने र कुनै विषयमा विवाद भएमा रुसले आफ्नो फाइदाका लागि यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने उनीहरुको आशंका छ ।

त्यसैले यो ग्याँस पाइपलाइन खारेज गर्न अमेरिकालगायत देशहरुले यसअघि जर्मनीकी चान्सलर एन्गेला मर्केलसँग छलफलसमेत गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago