नेपाल पत्रकार महासंघ जापानको ५ औँ अधिवेश सम्पन्न,अध्यक्षमा पहरी र सचिवमा गौतम चयन

टोकियो,जापान। नेपाल पत्रकार महासंघ जापान शाखाको ५ औँ अधिवेशन सम्पन्न भएको छ ।

आईतबार टोकियोमा सम्पन्न अधिवेशन शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् भने सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन् ।

त्यस्तै खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमा सजिना मोक्तान चयन भएकी छन् भने कोषाध्यक्षमा अर्जुन लामिछाने निर्विरोध चयन भएका छन् ।

सदस्यहरुमा लक्ष्मि पौडेल,कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्(प्रमेश), फुर्वा शेर्पा चयन भएका छन् ।त्यस्तै केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन भएका छन् ।

अधिवेशनको उद्घाटन पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए भने खुल्ला सत्रको प्रमुख आतिथ्यता जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले गरेका थिए । जापानको विभिन्न स्थानमा पत्रकार महासंघका ६६ जना साधारण सदस्य रहेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago