नेशनल प्याब्सनको दोस्रो बैठक सम्पन्न

तनहुँ: नेसनल प्याब्सन केन्द्रीय समितिको दोस्रो पुर्ण बैठक कार्तिक १८-१९ तनहुँको ब्यास नगरीमा दमौलीमा तनहुँ जिल्ला समितीको आतिथ्यतामा सम्पन्न भएको छ । राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले पानसमा दिप प्रज्वलन गरी बैठकको उद्घाटन गर्दै संगठनलाई चुस्त , दुरुस्त र चलायमान बनाउदै शैक्षिक , आर्थिक र संगठानिक नीतीहरुलाई स्पष्ट पार्दर्शी बनाउने । पालिका , जिल्ला , प्रदेश र केन्द्र बिचको सम्बन्ध अनि कार्यनीति , नितीलाई समयानुकूल प्रगाढ बनाउने कुरामा प्रतिबद्धता ब्यक्त गरे ।

बालबालिकाहरुलाई केन्द्रबिन्दुमा राखी शिक्षालाई उच्च प्राथमिकता दिँदै निजि विद्यालयहरुको संरक्षण, सम्बर्द्धन, समृद्धिका नयाँ योजनाहरु ल्याउने कुरामा पनि आफू अगाडि बढ्ने कुरामा ढुक्क हुन सबैलाई अनुरोध गरे । सरकारी नियम कानुनहरुमा निजी विद्यालयहरुका सवालमा समय सापेक्ष मैत्रीपूर्ण र सम्मानजनक बनाउन लागिपरेको र थुप्रै नीतीगत छलफलबाट सो कुरा प्राप्त हुँदै पनि आइरहेको बताए । मंसिर ४ मा हुन गइरहेको आसन्न संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आगामी कार्यक्रम र घोषणा पत्रलाई गम्भीर ढंगले हेरेको र मुलुकमा रहेको निजी शिक्षालयहरुको सम्बन्धमा त्यति धेरै चासो नराखेको देखिएकोले समयमै महत्त्वका साथ सोच्न र आफ्ना कार्यक्रमहरु ल्याउन सबै राजनीतिक दलहरुलाई सुझाव दिइएको पनि सो बैठकमा बताए ।

बैठकमा संगठनका उपाध्यक्षहरुलाई अघिल्लो बैठकले विभिन्न बिभागहरुको जिम्मेवारी प्रदान गरेको थियो । सोहि अनुसार यस बैठकमा उपाध्यक्ष एवं विभागका प्रमुखहरुले प्रतिबेदन प्रस्तुत गरेका थिए । नेशनल प्याब्सनको २५औ स्थापना दिवस पौष २७ गते भब्यरुपमा मनाउन बिद्यार्थी र विद्यालयहरुलाई समावेश गरी राष्ट्रिय स्थरमा नृत्य र बक्तृत्वकला कार्यक्रम गर्नुका साथै नेशनल प्याब्सन इतिहास डोकुमेन्ट्री तयार गरि प्रस्तुत गर्ने लगायतका निर्णयहरु गरेको थिए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सदस्य एवं पदाधिकारीहरुको उपस्थिति रहेको बैठकमा उपाध्यक्ष तिलक चौहानले स्वागत मन्तव्य र सह अध्यक्ष सुवस न्यौपानेले सबै उपस्थित सदस्य एवं पदाधिकारीहरु, आयोजक जिल्ला तनहुँलाई धन्यवाद ज्ञापन गरेका थिए भने बैठकको संचालन महासचिव पारसमणी दहालले गर्नुभएको थियो ।

Comments
Kamal Panthi

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago