खाध्य स्वच्छता समिति गठन, पर्यटकीय क्षेत्र बिकासमा एक सिढी थपियो – सुवेदी

२०७८, २४ चैत्र बिहीबार १३:४०

पाल्पा, २४ चैत ।
पर्यटकीय गन्तब्यको पहिचान बनाएको पाल्पाका होटलहरुको स्तर वर्गीकरण हुने भएको छ । होटलको स्तर वर्गीकरणका लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाको आयोजनामा खाध्य स्वच्छता समिति गठन भएको छ । पाल्पा होटल तथ  रेस्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीको संयोजकत्वमा ९ सदस्य रहेको समिति गठन भएको हो । समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघ, उपभोक्ता मन्च, खाध्य तथा गुण नियन्त्रण कार्यालयका एक-एक जना सदस्य रहेका छन् ।

समितिले जिल्लाका होटल व्यवसायहरुको वर्गीकरण र तिनीहरुले पालना गर्नुपर्ने मापदण्ड लगायतको काम गर्नेछ । नवगठित समितीका संयोजक जिबलाल सुबेदिले खाध्य स्वच्छता समिति गठन भएसङ्गै पर्यटकीय क्षेत्रको बिकासमा एक सिढी थपिएको बताउनुभयो । सुबेदिका अनुसार आगामी चैत २८ र २९ गते होटलहरुको वर्गीकरणको लागि लोगो वितरण गर्ने निर्णय समेत भएको छ ।

Comments

ताजा खबर