काठमाडौं: तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिए ।

उनले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए । यस्तै माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको सो पार्टीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।

माओवादीले बनायो चुनावी कमाण्ड, प्रदेश इन्चार्ज पनि तोकियो

आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन माओवादी केन्द्रले विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाउँदै पार्टी गतिविधि चुस्त बनाउन सो निर्णय गरेको हो ।

सोमबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले इन्चार्ज पनि तोकेको छ । जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल चयन भएका छन् ।

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् भने ती कमाण्डले फेरि तल्लो तहसम्म अर्को कमाण्ड बनाएर चुनावी गतिविधिलाई सशक्त बनाउने माओवादीको तयारी छ ।

माओवादी पदाधिकारी, स्थायी र पोलिटब्युरो गठन गर्न असफल

पार्टीका महत्वपूर्ण अंग मानिने कमिटीहरु गठन गर्न नेकपा माओवादी केन्द्र असफल भएको छ । गत पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो ।

महाधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेपनि उपाध्यक्ष, महासचिव, सचिव लगायतका बाँकी १४ पदाधिकारी चयन गर्न असफल भएको हो । शुक्रबारबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहेपनि अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै बैठक समापन गर्ने तयारी गरेका छन् ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते बस्ने बैठकबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । अध्यक्ष प्रचण्डले चुनाव नजिकिएकाले पदाधिकारी र कमिटी गठन गर्न अझै छलफल आवश्यक भएको भन्दै ती कमिटीहरु पछि बनाउन उपयुक्त हुने धारणा राखेका थिए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago