ललितपुरमा एकै परिवारका पाँच जनाको निसास्सिएर मृत्यु

काठमाडौं: ललितपुरमा एकै परिवारका पाँच जनाको निसास्सिएर मृत्यु गएको पुष्टि भएको छ।

बेहोस भएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एवम् एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।

डाक्टरका अनुसार मृत्यु हुने अन्य कारण खासै देखिएको छैन । गम्भीर अवस्थाका तामाङको अहिले पनि उपचार चलिरहेको छ ।

हिजो आइतवार बेलुका खाना खाएर सुतेका ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तान, उनकी बुहारी शुष्मा, नाति आशिष, नातिनी आश्मा र दुई दिनको शिशुको आज सोमवार बिहान मृत्त अवस्थामा भेटिएका थिए ।

प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरू नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर उनीहरू बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago