काठमाडौं: तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिए ।
उनले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए । यस्तै माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको सो पार्टीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।
माओवादीले बनायो चुनावी कमाण्ड, प्रदेश इन्चार्ज पनि तोकियो
आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन माओवादी केन्द्रले विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाउँदै पार्टी गतिविधि चुस्त बनाउन सो निर्णय गरेको हो ।
सोमबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले इन्चार्ज पनि तोकेको छ । जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल चयन भएका छन् ।
प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् भने ती कमाण्डले फेरि तल्लो तहसम्म अर्को कमाण्ड बनाएर चुनावी गतिविधिलाई सशक्त बनाउने माओवादीको तयारी छ ।
माओवादी पदाधिकारी, स्थायी र पोलिटब्युरो गठन गर्न असफल
पार्टीका महत्वपूर्ण अंग मानिने कमिटीहरु गठन गर्न नेकपा माओवादी केन्द्र असफल भएको छ । गत पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो ।
महाधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेपनि उपाध्यक्ष, महासचिव, सचिव लगायतका बाँकी १४ पदाधिकारी चयन गर्न असफल भएको हो । शुक्रबारबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहेपनि अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै बैठक समापन गर्ने तयारी गरेका छन् ।
सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते बस्ने बैठकबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । अध्यक्ष प्रचण्डले चुनाव नजिकिएकाले पदाधिकारी र कमिटी गठन गर्न अझै छलफल आवश्यक भएको भन्दै ती कमिटीहरु पछि बनाउन उपयुक्त हुने धारणा राखेका थिए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…