काठमाडौं: उपत्यकाका विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ परेको छ। पीडितले दिएको निवेदनका आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो।
महाशाखाले आइतबार कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू ठगीमा सक्रिय व्यक्तिहरू रहेको महाशाखाले जनाएको छ। पक्राउ पर्नेहरूमा बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव, बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सिकोला बस्ने तिलकराम पाण्डे, एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचनकुमार यादव र क्विकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने रहेका छन्।
उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको प्रहरीले जनाएको छ। जागिर लगाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूलाई ठगी गरेपछि पीडितले प्रहरीकहाँ निवेदन दिएका थिए। त्यसको आधारमा प्रहरीले उनीहरूमाथि करिब १५ दिनदेखि अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनीहरूले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनीहरू दर्ता गर्ने र उक्त कम्पनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनी प्रचार–प्रसार गर्ने गरेको भेटिएको छ।
जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फाराम भर्ने बहानामा रु तीन सयदेखि पाँच सयसम्म फाराम शुल्क लिने गरेको र डिपोजिट शुल्क भनेर एक हजारदेखि ६ हजारसम्म अग्रिम रकम दिने गरेका थिए। फाराम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित सर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिई केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कुनै एक जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई उनीहरूले ठगी गर्दै आइरहेका थिए।
उपत्यकाका विभिन्न स्थानमा जागिर लगाइदिने प्रलोभनमा ठगी भइरहेकोले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गरेर मात्रै रोजगारको लागि फाराम भर्न प्रहरीले अनुरोध गरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…