नेटोका अमेरिकासहित पश्चिमा मुलुकले युक्रेनलाई हातहतियार उपलब्ध गराएको खुलासा

काठमाडौं: अमेरिकासहित पश्चिमा मुलुकहले युक्रेनलाई आवश्यक हातहतियारहरु निरन्तर उपलब्ध गराईरहेको खुलासा भएको छ । पूर्वी युरोपस्थित गोप्य राखिएको विमानस्थल प्रयोग गरेर नाटो आवद्ध देशहरुले युक्रेनलाई अत्याधुनिक हतियार, मिसाइल र विमानभेदी मिसाइल आपूर्ति गरिरहेको खुलासा भएको हो ।

रुस–युक्रेन युद्ध सुरु हुनुअघि नै अमेरिकाले ठूलो मात्रामा युक्रेनलाई युद्ध सामग्री उपलब्ध गराएको र युद्ध सुरु भए यता आपूर्ति भईरहेको सीएनएनले जनाएको छ । रुस-युक्रेन युद्ध सुरु भएपछि युरोपको आकाश अमेरिकी र गठबन्धन देशका सैनिक काग्रोले भरिएको पनि समाचारमा जनाइएको छ । खाशगरी अमेरिकी कार्गो विमान सी–सेभेन्टिनको उडान निकै बाक्लो हुने गरेको छ ।

अमेरिकी र युरोपेली सैनिक विमानले गोप्य विमानस्थलमा जम्मा गरेका हातहतियार स्थलमार्ग हुँदै युक्रेन पुर्याउने गरेको र अहिलेसम्म यस्तो ढुवानीमा रुसी सेनाको आँखा नपरेको पनि सीएनएनले उल्लेख गरेको छ । नाटोको युरोप कमाण्डले आपूर्तिको ब्यवस्थापन गर्ने गरेको छ ।

गत शुक्रबार अमेरिकी सेनाका संयुक्त सेनापति जेनरल मार्क मिलेले उक्त गोप्य विमानस्थलमा पुगेर आपूर्ति ब्यवस्थाको अवलोकन गरेका थिए । अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको युद्ध सामग्री दिने निर्णय गरेकोमा २४ करोड डलर बराबरको सामग्री युक्रेन पुगिसकेको र बाँकी सामग्री पनि केही दिनभित्रै युक्रेन पुग्ने क्रममा रहेको बताइएको छ ।

नाटो गठबन्धनले केही महिना पहिलेदेखि नै युक्रेनी सेनालाई आवश्यक तालिम दिएको र युक्रेनी फौजले अहिले निकै प्रभावकारी तरिकाले युद्ध सामग्रीको प्रयोग गरेको भन्दै अमेरिकी सन्तोष ब्यक्त गरेको जनाइएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago