काठमाडौं: हाल नेपालमा ३५ लाख आसपासको संख्यामा सवारी साधन रहेका छन् । तर, नेपाल ल्याइएको पहिलो गाडी र यसको इतिहासबारे धेरैलाई थाहा नहुन सक्छ । पहिलो गाडी कहिले अनि कसरी ल्याइएको थियो होला ? यो सुन्दा र थाहा पाउँदा कतिलाई त पत्याउनै मुस्किल पर्ला । यसबारे रोचक कथा कतिले सुनेका पनि होलान् । आज यसबारे कुरा गरौं ।

नेपालमा पहिलोपटक गाडी भित्र्याउँदा काँधमा बोकेर ल्याइएको थियो भन्दा तपाईं पत्याउनुहुन्न होला । तर, यो सत्य हो । इतिहासअनुसार राणाकालमा गेहेन्द्र शम्शेरले भरिया भेला पारेर काँधमा बोकाएर पहिलोपटक गाडी त्यसबेलाको नेपाल (हालको काठमाडौं) भित्र्याएका थिए । गाडीका सौखिन राणाहरूले आफ्नो प्रयोगका लागि यसरी ठूलै दुःख गरेर गाडी ल्याएका थिए । उनले ‘फोर्ड’ कम्पनीको गाडी नेपाल ल्याएका थिए ।

तर, त्यसरी बोकेर नेपाल ल्याएको गाडीमा बत्ती थिएन । यद्यपि, गेहेन्द्र शम्शेर स्वयं वैज्ञानिक भएकाले उनले आफैँ गाडीमा बत्ती जडान गरेका थिए । उनी गाडीका सौखिन भएकाले गाडीमा केही फिचर आफैँ थपेका पनि थिए ।

इतिहासमा यो दाबी गरिएको छ कि, नेपालमा गाडी चढ्ने पहिलो प्रधानमन्त्री वीर शम्शेर हुन् । इन्द्र जात्राका दिन राणा प्रधानमन्त्री श्री ३ वीर शम्शेरले नेपाल भित्रिएको पहिलो गाडी एक भव्य समारोहबीच चढेको बताइन्छ । तर, इतिहासमा यो पनि दाबी गरिएको छ कि, गेहेन्द्रले काठमाडौं गाडी भित्र्याउनुभन्दा अघि नै नेपालको चितवनसम्म गाडी आइसकेको थियो । चन्द्र शम्शेरको पालामा चितवनको कसरासम्म एक अंग्रेजले सिकार खेल्न आउँदा गाडी नै लिएर आएका थिए । वि.सं. १९७८ सालमा बेलायतका राजकुमार एडवर्ड सिकार खेल्न भारतबाट चितवन कसरा आउँदा उनले आफ्नै गाडी सँगै लिएर आएको इतिहास छ ।

उनैको गाडी देखेपछि पछि राणाहरूले पनि लोभिएर गाडी भित्र्याएका थिए । उक्त गाडी काठमाडौंसम्म बोकेरै ल्याइएको थियो । काठमाडौंमा गाडी ल्याउनकै लागि पर्साको वीरगन्जदेखि मकवानपुर भीमफेदीसम्म नयाँ सडक खनेर तयार पारिएको थियो । पछि सोही बाटोबाट सर्वसाधारणले काँधमा बोकाएर काठमाडौंको गोदामचौरसम्म सम्म गाडी लगेका थिए ।

इतिहासअनुसार वि.सं. २०१३ सालमा त्रिभुवन राजपथ काठमाडौंसँग जोडिएपछि काँधमा गाडी बोकेर ल्याउन छाडिएको थियो । नत्र, त्योभन्दा अघिसम्म जति पनि गाडी ल्याइयो, सबै काँधमै बोकेर ल्याइएको थियो । नेपालमा गाडी भित्रिएको आज एक शताब्दी नाघिसकेको छ

नेपालमा पहिलोपटक गाडी चढ्ने व्यक्ति त्यसबेलाका प्रधानमन्त्री श्री ३ वीर शम्शेर भए पनि पछि त्यो गाडी राजाले मागेर आफैंसँग राखे । एक दिन वीर शम्शेर गाडी देखाउनकै त्यसबेलाका राजा पृथ्वी वीरविक्रमकहाँ गएका थिए । तर, गाडी देखेर अचम्ममा परेका राजाले वीर शम्शेरसँग गाडी मागेर आफैंसँग राखेको इतिहास छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago