स्थानीय तहको निर्वाचन बैशाख ३० गते

२०७८, २४ माघ सोमबार १७:३०

काठमाडौं । मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचन बैंशाख ३० गते गर्ने निर्णय गरेको छ । आयोग र सरकार विचमा केहि दिन अगाडी जेठ ६ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा सहमति भएको थियो ।

निर्वाचन आयोगले आफ्नो तर्फबाट आवस्यक प्रकृयाँ अगाडी बढिरहेको तर चुनाव हुनु भन्दा तीन महिना अगाडी तयारीका लागि समय चाहिने बताउदै आएको थियो । स्थानीय तहका पदाधिकारीहरुको पदावदी यहि बैशाखबाट सकिदैछ । यसले गर्दा सरकारलाई चुनावको लागि चौतर्फी दवाव सिर्जना भएको थियो । तर सत्तारुढ गठबन्धनमा एमसिसीको विषयमा विवाद भए पछि चुनावको मिति तय हुन सकेको थिएन ।

Comments

ताजा खबर