बीमा जतिबेला पनी आवस्यक पर्न सक्छ तर आवस्यक पर्दा किन्न मिल्दैन।
पाल्पा, २१ साउन ।
सुरक्षित भविस्यको नारा लिएको प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता बिच अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीको बिमा योजना, आर्थिक बर्ष ०७९/८० मा कम्पनीले दिने सुबिधा, दाबीका लागी सहजीकरण सम्बन्धि जानकारी गराइएको थियो । कम्पनीले पाल्पा शाखा अन्तर्गतका ४० भन्दा धेरै अभिकर्ता र एजेन्सी म्यानेजरहरुलाई सम्मान पनि गरेको छ । पाल्पा शाखाका प्रमुख खिमलाल घिमिरे मुख्य प्रशिक्षक रहनु भएको थियो । प्रशिक्षण दिदै घिमिरेले ब्यवसाय अभिबृधि गर्दै आय आर्जन गर्न अभिकर्तालाई आग्रह गर्नुभयो ।
जीवन बिमा ब्यवसाय क्षेत्रमा सन्सारको उत्कृष्ट ५ पेशामा पर्छ । बिमाले आत्मनिर्भर परिपक्वता बनाउछ । बिश्वास सिद्धान्त र ज्ञान् सङै आर्जन गर्ने माध्यम बिमा बन्न सक्छ ।
यस्तै आधुनिक युग जति सुविधाजनक र सरल छ त्यतिकै जोखिमपूर्ण पनि छ । मानिसको जीवन सदा एकनास हुँदैन, कमाई निरन्तर नहुन सक्दछ, क्रमशः वृद्ध हुँदै जान्छ, वृद्ध मानिसको आर्जन गर्ने क्षमतामा पनि क्रमशः ह्रास हुँदै जान्छ र उसको असामयिक निधन पनि हुन सक्दछ । वृद्ध अवस्थालाई बचतको आवश्यकता पर्दछ भने आफ्नो निधन भएको खण्डमा आफ्ना आश्रितलाई रकमको खाँचो पर्छ त्यसैले आम्दानीको केही अंश भविष्यको लागि वा आश्रितहरुको लागि सोचेर जीवन बीमामा लगानी गर्न उपयुक्त देखिन्छ भन्दै अभिकर्तालाई बिमा प्रती आकर्षित गराइएको थियो ।
बीमा जतिबेला पनी आवस्यक पर्न सक्छ तर आवस्यक पर्दा किन्न मिल्दैन। कार्यक्रममा अभिकर्ता बिचमा अनुभव साटासाट गराइएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…