पाल्पा, २१ साउन ।
दुर्घटना न्यूनीकरणका लागी सवारी चालकलाई सचेतना अभिबृद्धीका लागी सडक सुरक्षा सतर्कता सम्बन्धि प्रशिक्षण दिईएको छ । श्रीनगर यातायात सेवा कम्पनी प्रा लि अन्तर्गतका सवारीचालक लाई सचेतता तालिम दिइएको हो । कम्पनीको केन्द्रिय कार्यालय तानसेन्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरि नायब निरीक्षक दामोदर मल्लले प्रशिक्षण दिनुभएको थियो ।
श्रीनगर यातायात सेवा कम्पनीका अध्यक्ष डिल बहादुर ढुङ्गानाले सार्बजनिक यातायातको यात्रा सुरक्षित बनाउन सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न आग्रह गर्नुभयो । सडकमा हुने लापरबाहीले दुर्घटना बढेकोले यसको नियन्त्रण गर्न चालक मजदुर नै जिम्मेवारी हुनुपर्ने अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।
चालकको लापरबाहीले धेरै दुर्घटना हुने गरेकाले चालकहरुलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । प्रशिक्षणका क्रममा सडक सुरक्षा, ट्राफिक चिन्हको जानकारी, सवारीको क्षमता, ओभरटेक गर्ने तरिका, दुर्घटना पछि हुने कानुनी प्राबधान, ऐनमा भएको ब्यवस्थाका बारेमा चालकहरुलाई जानकारी गराइएको थियो ।
यस्तै कार्यक्रममा सिट क्षमता अनुसार यात्रु चढाउन, यात्रुलाई टिकटको अनिवार्य ब्यवस्था गर्न, निर्धारण भएको भन्दा धेरै भाडा नलिन चालकलाई श्रीनगर यातायातले आग्रह गरेको छ ।
पाल्पामा भएका दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको तथ्यांक छ । गएको बर्षमात्र जिल्लामा ठुला प्रकृतिका ६५ वटा दुर्घटना भएका छन । जसबाट २५ जनाले ज्यान गुमाए भने ९० जना घाइते भएको तथ्यांक ट्राफिक संग रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…