बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०७९, ३१ जेष्ठ मंगलवार १८:४७

पाल्पा, ३१ जेठ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका – १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गएकाे जेठ २३ गते दिउसाे १ वजे रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले रिब्दीकोट गाउँपालिका – २ को सानोदमक स्थित जंगलमा जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले खोजतलास गरेर विकलाई पक्राउ गरेको हो ।

Comments

ताजा खबर