भगवती रथयात्राकाे दिन पाल्पामा सार्वजनिक विदा

२०८०, २० भाद्र बुधबार २०:४२

पाल्पा । अंग्रेजलाई युद्धमा हराएको सम्झनामा भगवती रथयात्रा भदाै २१ गते निकालिने भएकाे छ । यस दिन लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएकाे छ । नेपाली फैजले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती रथयात्रा निकालिन्छ । तानसेनको बीच भागमा रहेको भगवती मन्दिर परिषरबाट भगवतीको प्रतिमूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गर्ने प्रचलन छ । वि.सं. १८७१ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो । श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा निकालिन्छ ।

Comments

ताजा खबर