काठमाडौं: अर्थमन्त्री जनार्दन शर्मा प्रभकरका पिए रहेका कृष्णबहादुर कार्कीलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जको सिईओका लागि सम्बन्धित क्षेत्रका दर्जन बढिले आफ्नो आवेदन प्रस्तुत गरिरहँदा सरकारले भने आफुलाई अनुकुल हुनेगरि अर्थमन्त्रीका पिएलाई नियुक्त गरेको हो ।
सीईओ चन्द्रसिंह साउद सेयर किनबेच काण्डमा परेपछि राजीनामा दिएका थिए । सर्वोत्तम सिमेन्टको सेयर पदको दुरुपयोग गरेर किनेको रहस्य बाहिरिएपछि उनले राजीनामा दिएका हुन् । त्यस लगतै खाली भएको पदमा अर्थमन्त्रीको पिएलाई पठाएको हो ।
अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको तीन सातापछि सरकारले कार्कीलाई नियुक्त गरेको हो ।
यातायात व्यवस्था कार्यालय,वीरगञ्जमा हुदाँ कार्कीले लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको भन्दै निकै विवादमा तानिएका थिए । पछिल्लो समय उनी बूढीगण्डकी जलविद्युत परियोजनाको प्रोजेक्ट संयोजक भएर मुआब्जा वितरणमा सक्रिय छन् । रुख समेत नउम्रेको भीरको मुआब्जामा समेत घोताला गरेको आरोप उनीमाथी छ ।
कार्कीलाई नियुक्त गरिँदा केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारी फालिएका छन् । श्रेष्ठ मकवानपुर क्याम्पस टप गरेका विद्यार्थी हुन् । उनी अहिले पनि पुँजी बजारबारे अध्यापन गराउँछन् । उनलाई फालेर आफु निकटकालाई सरकारले नियुक्त गरेका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…