बास्तविकता भित्रको रहस्य के हो ? पैसामा सवारी लाइसेन्स वितरण गर्ने अर्थमन्त्रीका पिए नेपाल स्टकको सिईओ नियुक्त

२०७८, २३ माघ आईतवार १०:१७

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्मा प्रभकरका पिए रहेका कृष्णबहादुर कार्कीलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जको सिईओका लागि सम्बन्धित क्षेत्रका दर्जन बढिले आफ्नो आवेदन प्रस्तुत गरिरहँदा सरकारले भने आफुलाई अनुकुल हुनेगरि अर्थमन्त्रीका पिएलाई नियुक्त गरेको हो ।

सीईओ चन्द्रसिंह साउद सेयर किनबेच काण्डमा परेपछि राजीनामा दिएका थिए । सर्वोत्तम सिमेन्टको सेयर पदको दुरुपयोग गरेर किनेको रहस्य बाहिरिएपछि उनले राजीनामा दिएका हुन् । त्यस लगतै खाली भएको पदमा अर्थमन्त्रीको पिएलाई पठाएको हो ।

अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको तीन सातापछि सरकारले कार्कीलाई नियुक्त गरेको हो ।

यातायात व्यवस्था कार्यालय,वीरगञ्जमा हुदाँ कार्कीले लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको भन्दै निकै विवादमा तानिएका थिए । पछिल्लो समय उनी बूढीगण्डकी जलविद्युत परियोजनाको प्रोजेक्ट संयोजक भएर मुआब्जा वितरणमा सक्रिय छन् । रुख समेत नउम्रेको भीरको मुआब्जामा समेत घोताला गरेको आरोप उनीमाथी छ ।

कार्कीलाई नियुक्त गरिँदा केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारी फालिएका छन् । श्रेष्ठ मकवानपुर क्याम्पस टप गरेका विद्यार्थी हुन् । उनी अहिले पनि पुँजी बजारबारे अध्यापन गराउँछन् । उनलाई फालेर आफु निकटकालाई सरकारले नियुक्त गरेका हुन् ।

Comments

ताजा खबर