काठमाडौँ: साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से २२३८ अंकमा झरेको छ । बजारको यो अंक २०७७ पुसयताकै न्यून विन्दु हो । बिहीबार ३७ अंकले नेप्से घटेको हो । कुल १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन १ अर्ब २६ करोडको कारोबार भएको थियो । कुल ५ कम्पनीको मूल्य मात्रै बढ्यो भने ३ को स्थिर र १८८ को घट्यो ।
सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १६, विकास बैंक ८८, फाइनान्स ४८, होटल तथा पर्यटन ५९, जलविद्युत् ६६, जीवन बीमा २६०, उत्पादन ५६, लघुवित्त ७३, निर्जीवन बीमा २६५, अन्य २० र ब्यापार उपसमूह ४९ अंकले घटे । जल्पा सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै घलेम्दी हाइड्रोको सबैभन्दा धेरै ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सूर्या लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, नबिल, हिमालयन डिस्टिलरी र अरुणभ्याली हाइड्रोपावर कम्पनी क्रमश: अगाडि रहे । बजारको पुँजीकरण (सूचीकृत धितोपत्रको कुल मूल्य) ३१ खर्ब ८४ अर्बमा झरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…