सेयर परिसूचक २२३८ अंकमा झऱ्यो, सबै सूचक घटे

२०७९, २२ बैशाख बिहीबार १५:४३

काठमाडौँ: साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से २२३८ अंकमा झरेको छ । बजारको यो अंक २०७७ पुसयताकै न्यून विन्दु हो । बिहीबार ३७ अंकले नेप्से घटेको हो । कुल १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन १ अर्ब २६ करोडको कारोबार भएको थियो । कुल ५ कम्पनीको मूल्य मात्रै बढ्यो भने ३ को स्थिर र १८८ को घट्यो ।

सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १६, विकास बैंक ८८, फाइनान्स ४८, होटल तथा पर्यटन ५९, जलविद्युत् ६६, जीवन बीमा २६०, उत्पादन ५६, लघुवित्त ७३, निर्जीवन बीमा २६५, अन्य २० र ब्यापार उपसमूह ४९ अंकले घटे । जल्पा सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै घलेम्दी हाइड्रोको सबैभन्दा धेरै ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सूर्या लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, नबिल, हिमालयन डिस्टिलरी र अरुणभ्याली हाइड्रोपावर कम्पनी क्रमश: अगाडि रहे । बजारको पुँजीकरण (सूचीकृत धितोपत्रको कुल मूल्य) ३१ खर्ब ८४ अर्बमा झरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु