कल्पना श्रेष्ठ, दाङ: रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड कालोपत्र हुने भएको हो । अहिले धाउने–बालुवा–देउखोला सडकखण्डमा धमाधम सडकको काम चलिरहेको छ । धाउनेबाट देउखोलासम्मको १० किलोमिटर सडकमा पक्की हुने भएको हो ।
यस खण्डमा लामा कन्स्ट्रक्शन कम्पनी प्रालि महारजगञ्ज काठमाडौँले कामको जिम्मा पाएको छ । उसले रु २९ करोड ६७ लाख छ हजार ३९७ मा ठेक्का लिएको हो । विसं २०७८ असार ३ मा सम्झौता गरेको उसले २०८० असार २२ मा सडक कालोपत्रको काम गरिसक्नुपर्ने छ । सडकखण्डको उक्त क्षेत्र सिस्ने गाउँपालिकाको ६, भूमे गाउँपालिकाको ५ र पुथाउत्तरगङ्गा गाउँपालिकाको १४ नं वडा पर्छ । यस ठाउँमा दशैँ–तिहारलगत्तै काम सुरु भएको हो ।
अहिले पर्खाल लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम भइरहेको लामा कन्स्ट्रक्शन कम्पनीका सबकन्ट्याक्टर पासाङ शेर्पाले जानकारी दिए । उनका अनुसार उक्त खण्डमा अहिले धमाधम काम चलिरहेको छ । सम्झौता अवधिभन्दा अघि नै सडक कालोपत्र सक्ने गरी काम चलिरहेको कम्पनीका सबकन्ट्याक्टर शेर्पाले बताए।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…