काठमाडौं: प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ ।
आज यहाँ भएको प्रथम संयुक्त अघिवेशनले चारै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो । बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा, उपत्यकाको अध्यक्षतामा विष्णु आचार्य, प्रतिष्ठानको अध्यक्षमा सरोज ढुङ्गेल र एसोसियट अध्यक्षमा श्रीहरि थापा निर्वाचित भएका छन्। सबै प्रदेशमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
बागमती प्रदेशको महासचिवमा प्रकाश दाहाल, उपत्यकाका महासचिवमा धनश्याम धमला र प्रतिष्ठानको महासचिवमा भिसा काफ्ले निर्वाचित भएका छन् । अधिवेशनको नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले उद्घाटन गरेका थिए । आज प्रेस चौतारीले देशभर नै प्रदेश अधिवेशन गरेको छ । प्रेस चौतारी नेपालको यहीँ फागुन २७ र २८ गते पोखरामा नवौँ राष्ट्रिय महाविधेशनको आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…