रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र

कल्पना श्रेष्ठ, दाङ: रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड कालोपत्र हुने भएको हो । अहिले धाउने–बालुवा–देउखोला सडकखण्डमा धमाधम सडकको काम चलिरहेको छ । धाउनेबाट देउखोलासम्मको १० किलोमिटर सडकमा पक्की हुने भएको हो ।

यस खण्डमा लामा कन्स्ट्रक्शन कम्पनी प्रालि महारजगञ्ज काठमाडौँले कामको जिम्मा पाएको छ । उसले रु २९ करोड ६७ लाख छ हजार ३९७ मा ठेक्का लिएको हो । विसं २०७८ असार ३ मा सम्झौता गरेको उसले २०८० असार २२ मा सडक कालोपत्रको काम गरिसक्नुपर्ने छ । सडकखण्डको उक्त क्षेत्र सिस्ने गाउँपालिकाको ६, भूमे गाउँपालिकाको ५ र पुथाउत्तरगङ्गा गाउँपालिकाको १४ नं वडा पर्छ । यस ठाउँमा दशैँ–तिहारलगत्तै काम सुरु भएको हो ।

अहिले पर्खाल लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम भइरहेको लामा कन्स्ट्रक्शन कम्पनीका सबकन्ट्याक्टर पासाङ शेर्पाले जानकारी दिए । उनका अनुसार उक्त खण्डमा अहिले धमाधम काम चलिरहेको छ । सम्झौता अवधिभन्दा अघि नै सडक कालोपत्र सक्ने गरी काम चलिरहेको कम्पनीका सबकन्ट्याक्टर शेर्पाले बताए।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago