एजेन्सी: उत्तर कोरियाले फेरि एउटा संदिग्ध व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाईल कोरियाली प्रायद्धीपको पूर्वमा पर्ने एउटा समुद्रमा खसेको सो क्षेत्रका सेनाहरुले जनाएका छन् ।
शनिवार गरिएको प्रहार उत्तर कोरियाको नवौं मिसाइल प्रहार हो । दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन हुन केही दिनअघि मात्र उत्तरले मिसाइल परीक्षण गरेको छ ।
शनिवार गरिएको परीक्षण व्यालिस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ र जापानका प्रधानमन्त्रीको कार्यालयले जनाएका छन् । शनिबारको मिसाइल प्रहार प्योङयाङको अन्तर्राष्ट्रिय विमानस्थल रहेको क्षेत्र सुनानबाट भएको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
युक्रेनमाथि रुसी हमलाका कारण अन्तर्राष्ट्रिय समाजको ध्यान त्यतातर्फ केन्द्रित रहेको बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको जापानका रक्षामन्त्री नोबुओ किशिले बताएका छन् । सो मिसाइल ५५० किलोमिटरको उचाइमा पुगेर ३०० किलोमिटर दूरी पार गरेको जापानले जनाएको छ ।
उत्तरले गरेको प्रहारबारे छलफल गर्न दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । उत्तरको पछिल्लो मिसाइल प्रहारबारे अमेरिकी सरकार र सेनाले कुनै टिप्पणी गरिसकेको छैन् । उत्तर कोरियाको पछिल्लो परीक्षण यो वर्षको दुई महिनामा गरिएको नवौं हतियार परीक्षण हो ।
उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । तर, प्रतिबन्धको बेवास्ता गर्दै उत्तरले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । उत्तरको आणविक हतियार अन्त्य गर्ने विषयमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड्र ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएका वार्ता विना निस्कर्ष टुंगिएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…