रुसले युक्रेनमाथि दुई शहरको लागि मात्रै युद्धबिरामको घोषणा गरेको छ ।

काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको १० दिनपछि युद्धबिरामको घोषणा गरेको छ ।

फाइल फोटो

रुसको रक्षा मन्त्रालयले शनिबार मस्कोको समयअनुसार बिहान १० बजे (नेपाली समय दिउँसो पौने १ बजे) देखि रुसी सेनाले आक्रमण रोक्ने घोषणा गरेको हो । युक्रेनको राजधानी किभमा रहेका बीबीसी संवाददाता जेम्स वाटरहाउसले सामाजिक संजालमा रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एक पोस्ट गरेर युद्धबिरामबारे जानकारी दिएका छन् ।

 

वाटरहाउसले सामाजिक संजाल पोस्टमा रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार रुसी सेनाले त्यहाँ फसेका मानिसहरुको सहायताको लागि मानवीय कोरिडोर खोल्नका लागि युद्धबिराम गर्नेछ । यद्यपि यो युद्धबिराम दुई शहरको लागि मात्रै भएको उनले बताएका छन् । अर्थात यो यद्धबिराम मारियुपोल र भोल्नोभाका सहरमा लागू हुनेछ ।

अब रुसको युद्धबिरामपछि यहाँ आक्रमण हुने छैन । आक्रमण रोकिएको यो समयमा मारियुपोल र भोल्नोभाका सहरका नागरिकहरुको सहयोग गरिनेछ । यो अवधिमा त्यहाँ फसेका सर्वसाधारणलाई त्यहाँबाट सुरक्षित रुपमा बाहिर निकाल्ने प्रयास हुनेछ । यसका लागि रुसी सेनाले मानवीय कोरिडोर खोल्नेछ र त्यही कोरिडोरबाट सर्वसाधारणलाई बाहिर निकालिनेछ ।

रुसी समाचार एजेन्सी स्पुतनिकले पनि ग्रिनविच मिन टाइम ६ बजेदेखि युद्धबिराम लागू हुने र यो समयमा मानवीय सहायताको लागि कोरिडोर खोलिने बताएको छ । यो युद्धबिराम यस्तो समयमा भएको छ जतिबेला युक्रेनको अधिकांश भागमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिसकिएको छ । किभ, खारकिभ, सुमी, चेर्निगोभ र मारियुपोल सहर सबैभन्दा धेरै प्रभावित छन् ।

युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोदोलियाकले करिब २ लाख युक्रेनी मारियुपोलबाट बाहिर निस्किने कोसिस गरिरहेको बताएका थिए । उनले करिब २० हजार मानिसहरुले दोनेत्स्कमा भोल्नोभाखा क्षेत्र छोड्न चाहेको पनि बताएका थिए । अहिले युक्रेनका सबैभन्दा ठूला बन्दरगाह भएका सहर मारियुपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेर राखेको छ र यहाँ युद्ध जारी छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago