पूर्वी नवलपरासी कांग्रेसको अधिवेशन सरेको सर्‍यै

नवलपुर  । पूर्वी नवलपरासी कांग्रेस जिल्ला कार्यसमितिको शनिबार गर्ने भनिएको अधिवेशन फेरि सारिएको छ । मुख्य निर्वाचन अधिकृत गोविन्द सिग्देलले सर्वसम्मतको प्रयास जारी रहेकाले शनिबार गर्ने भनिएको निर्वाचन आइतबारका लागि सारिएको जानकारी दिए ।

फाइल फोटो

कांग्रेस जिल्ला कार्यसमितिको निर्वाचन योसमेत ९ पटक सारिसकिएको छ । यसअघि केन्द्र र जिल्लाले तोकेको मिति पटक–पटक गरेर ९ पटक सारिएको हो । निर्वाचन हुन नसकेका चितवनसमेतका १६ जिल्लामा शुक्रबार नै मतदान भइसकेको छ ।

जिल्ला कार्यसमितिको सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन् । जिल्ला उपसभापतिमा र सचिवमा ४–४ जनाको उम्मेदवारी परेको छ । शुक्रबार मनोनयन गरेका धेरैले उम्मेदवारी फिर्ता लिएका छन् ।मनोनयन फिर्ता लिने समय शनिवार दिउँसो ३ बजे सम्मका लागि तोकिएको छ । उपसभापति, सचिव र सहसचिवमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गर्न पर्ने भएकाले पार्टीको अनुरोधमा निर्वाचन समितिले मिति सारेको नेता विष्णु लामिछानेले जानकारी दिए ।

जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् । क्लस्टरबाट निर्वाचन गर्न पर्ने उम्मेदवार धेरै भएकाले १६ हजार मतपत्र छाप्न पर्ने निर्वाचन समितिका सदस्य चुडामणि कँडेलले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago