रुसले युक्रेनमाथि दुई शहरको लागि मात्रै युद्धबिरामको घोषणा गरेको छ ।

काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको १० दिनपछि युद्धबिरामको घोषणा गरेको छ ।

फाइल फोटो

रुसको रक्षा मन्त्रालयले शनिबार मस्कोको समयअनुसार बिहान १० बजे (नेपाली समय दिउँसो पौने १ बजे) देखि रुसी सेनाले आक्रमण रोक्ने घोषणा गरेको हो । युक्रेनको राजधानी किभमा रहेका बीबीसी संवाददाता जेम्स वाटरहाउसले सामाजिक संजालमा रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एक पोस्ट गरेर युद्धबिरामबारे जानकारी दिएका छन् ।

 

वाटरहाउसले सामाजिक संजाल पोस्टमा रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार रुसी सेनाले त्यहाँ फसेका मानिसहरुको सहायताको लागि मानवीय कोरिडोर खोल्नका लागि युद्धबिराम गर्नेछ । यद्यपि यो युद्धबिराम दुई शहरको लागि मात्रै भएको उनले बताएका छन् । अर्थात यो यद्धबिराम मारियुपोल र भोल्नोभाका सहरमा लागू हुनेछ ।

अब रुसको युद्धबिरामपछि यहाँ आक्रमण हुने छैन । आक्रमण रोकिएको यो समयमा मारियुपोल र भोल्नोभाका सहरका नागरिकहरुको सहयोग गरिनेछ । यो अवधिमा त्यहाँ फसेका सर्वसाधारणलाई त्यहाँबाट सुरक्षित रुपमा बाहिर निकाल्ने प्रयास हुनेछ । यसका लागि रुसी सेनाले मानवीय कोरिडोर खोल्नेछ र त्यही कोरिडोरबाट सर्वसाधारणलाई बाहिर निकालिनेछ ।

रुसी समाचार एजेन्सी स्पुतनिकले पनि ग्रिनविच मिन टाइम ६ बजेदेखि युद्धबिराम लागू हुने र यो समयमा मानवीय सहायताको लागि कोरिडोर खोलिने बताएको छ । यो युद्धबिराम यस्तो समयमा भएको छ जतिबेला युक्रेनको अधिकांश भागमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिसकिएको छ । किभ, खारकिभ, सुमी, चेर्निगोभ र मारियुपोल सहर सबैभन्दा धेरै प्रभावित छन् ।

युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोदोलियाकले करिब २ लाख युक्रेनी मारियुपोलबाट बाहिर निस्किने कोसिस गरिरहेको बताएका थिए । उनले करिब २० हजार मानिसहरुले दोनेत्स्कमा भोल्नोभाखा क्षेत्र छोड्न चाहेको पनि बताएका थिए । अहिले युक्रेनका सबैभन्दा ठूला बन्दरगाह भएका सहर मारियुपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेर राखेको छ र यहाँ युद्ध जारी छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago