नवलपुर । पूर्वी नवलपरासी कांग्रेस जिल्ला कार्यसमितिको शनिबार गर्ने भनिएको अधिवेशन फेरि सारिएको छ । मुख्य निर्वाचन अधिकृत गोविन्द सिग्देलले सर्वसम्मतको प्रयास जारी रहेकाले शनिबार गर्ने भनिएको निर्वाचन आइतबारका लागि सारिएको जानकारी दिए ।
कांग्रेस जिल्ला कार्यसमितिको निर्वाचन योसमेत ९ पटक सारिसकिएको छ । यसअघि केन्द्र र जिल्लाले तोकेको मिति पटक–पटक गरेर ९ पटक सारिएको हो । निर्वाचन हुन नसकेका चितवनसमेतका १६ जिल्लामा शुक्रबार नै मतदान भइसकेको छ ।
जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् । क्लस्टरबाट निर्वाचन गर्न पर्ने उम्मेदवार धेरै भएकाले १६ हजार मतपत्र छाप्न पर्ने निर्वाचन समितिका सदस्य चुडामणि कँडेलले जानकारी दिए ।