म्याद नाघेको खाद्यान्न, दर्ता नगरि पसल सञ्चालन

भक्तपुर : बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले नियमित झै पुनःबजार अनुगमन सुरु गरेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक क्षेत्रका आठ वटा पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका र अस्वस्थ्य खाद्यान्न नष्ट गरिएको छ ।

अधिकांश पसलमा मूल्य सूची नराखेको, मनोमानी मूल्य लिएको, खाद्य विभागबाट अनुमति नलिई जथाभावी मिति राखेर प्याकेजिङ गरिएको, म्याद गुज्रेका खाद्य सामान बिक्री कक्षमा राखिएको, ढक तराजु नवीकरण नगरेको, पसल दर्ता नगरेको, पसलमा जथाभावी फोहर गरिएका, कामदारलाई एप्रोन, हेयरनेट र ग्लोब प्रयोग नगराएको पाइएको छ ।

नगरपालिकाले मार्केट प्लेस प्रालिमा म्याद नाघेका सौन्दर्यका सामान बिक्रीमा राखिएको, मेगा मार्टमा जथाभावी राखेको, म्याद नाघेका सामान बिक्री कक्षमा राखेको, दर्ता नगरेको डिएमसी किचेनमा पसल तीन दिनभित्र दर्ता गर्ने, ग्राहकलाई भ्याट बिल दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

दुनोट पसललगायत अन्य पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । अनुगमन टोलीले बेष्ट भेराइटीमा म्याद नाघेको सामान जुस, आँटा, रोजमेरी, भ्यासिलिन, बिस्कुट, चिप्स, ल्याक्टोजेन, सेरलेक, फाण्टा जफत गरी नष्ट गरेको उनले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago