रुसको आक्रमणपछि विश्व बजारमा भारी गिरावट

काठमाण्डौ: युक्रेन र रुसको द्वन्द्वका कारण अस्थिर जस्तै बनेको विश्व सेयर बजार शुक्रबार पुनः भारी गिरावट आएको छ।

रुस र युक्रेनको द्वन्द्वले नयाँ मोड लिएको छ। रुसले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो न्युक्लियर पावर प्लान्टमा मिसाइल आक्रमण गरी ध्वस्त पारेको छ। योसँगै डाउ जोनमा ५०० अंकको गिरावट आएको छ। यो सूचक ३३४६२ मा कारोबार भइरहेको छ। एस एन्ड पी ५०० र नास्डक पनि गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यो समचार तयार पार्दासम्म एसियन डाउ ६४ अंकले र निक्की–२२५ ६०० अंकले ओरालो लागेका छन्। भारतीय सेयर बजारमा पनि भारी गिरावट आएको छ। सेन्सेक्समा ७०० अंकको पहिरो गएको छ।

विश्व सेयर बजार ओरालो लाग्न थालेपछि लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षित भएका छन्। जसका कारण अन्तर्राष्ट्रिय सेयर बजारमा सुनको मूल्य र तेलको मूल्यले उकालो लागेको छ। –एजेन्सी

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago