ट्रक र बस ठोक्किँदा आगलागी : दुई चालकसहित ३ जनाको मृत्यु, २७ जना घाइते

मोरङ – सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ गएको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक ठोक्किँदा भएको दुर्घटनामा २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

गाउँपालिकाको खुनियास्थित पूर्वपश्चिम राजमार्गमा राति करिब पौने ८ बजे भएको सो दुर्घटनामा बसका चालक, एक यात्रु र ट्रकका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सामान्य घाइते १७ जना अस्पतालबाट डिस्चार्ज भए पनि १० जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीले घटनामा मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सवारी ठोक्किँदा ब्याट्री स्पार्क भएर आगलागी भएको हुनसक्ने बताएका छन्। आफ्नै साइडमा गुडिरहेको ट्रकमा विपरीत साइडतर्फ पुगेर बस ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। बस ठोक्किएपछि दुवै सवारीमा भीषण आगलागी भएको थियो।

प्रहरीका अनुसार आगलागी सुरु भएपछि उद्धार गर्न नसक्दा जलेर तीन जनाको मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक कार्कीले भने, ‘स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका बेला दुर्घटनामा परेको बस र ट्रकमा आगलागी सुरु भयो। तर पनि बसको सिसा फुटाउँदै घाइतेहरुलाई बाहिर निकालेर उपचारका लागि पठाइयो।’

दुर्घटनापछि दुवै सवारीका चालक भने सवारीभित्रै च्यापिएको हुँदा निकाल्न नसकिएको उनले बताए। साथै बसमा रहेका अर्का एक व्यक्तिले उद्धारका लागि हारगुहार गरिरहँदा पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबरसँगै घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडा, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईंलगायतका सुरक्षा अधिकारी उद्धारमा खटिएका थिए। सवारीमा लागेको आगलागी वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago