ट्रक र बस ठोक्किँदा आगलागी : दुई चालकसहित ३ जनाको मृत्यु, २७ जना घाइते

मोरङ – सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ गएको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक ठोक्किँदा भएको दुर्घटनामा २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

गाउँपालिकाको खुनियास्थित पूर्वपश्चिम राजमार्गमा राति करिब पौने ८ बजे भएको सो दुर्घटनामा बसका चालक, एक यात्रु र ट्रकका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सामान्य घाइते १७ जना अस्पतालबाट डिस्चार्ज भए पनि १० जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीले घटनामा मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सवारी ठोक्किँदा ब्याट्री स्पार्क भएर आगलागी भएको हुनसक्ने बताएका छन्। आफ्नै साइडमा गुडिरहेको ट्रकमा विपरीत साइडतर्फ पुगेर बस ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। बस ठोक्किएपछि दुवै सवारीमा भीषण आगलागी भएको थियो।

प्रहरीका अनुसार आगलागी सुरु भएपछि उद्धार गर्न नसक्दा जलेर तीन जनाको मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक कार्कीले भने, ‘स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका बेला दुर्घटनामा परेको बस र ट्रकमा आगलागी सुरु भयो। तर पनि बसको सिसा फुटाउँदै घाइतेहरुलाई बाहिर निकालेर उपचारका लागि पठाइयो।’

दुर्घटनापछि दुवै सवारीका चालक भने सवारीभित्रै च्यापिएको हुँदा निकाल्न नसकिएको उनले बताए। साथै बसमा रहेका अर्का एक व्यक्तिले उद्धारका लागि हारगुहार गरिरहँदा पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबरसँगै घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडा, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईंलगायतका सुरक्षा अधिकारी उद्धारमा खटिएका थिए। सवारीमा लागेको आगलागी वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago