दुई हजार वर्ष लागेर बनेको बरफ पग्लिदै,द्रूत गतिमा पग्लिरहेको छ सगरमाथा

२२ माघ, विराटनगर ।
सगरमाथाको उच्च भागमा रहेको हिमनदी (साउथ कोल ग्लासियर) पग्लिने क्रम बढेको अध्ययनकर्ताहरुले बताएका छन् ।

अमेरिकाको मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीले गरेको अध्ययन अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीको एक सय ८० फिटभन्दा धेरै हिउँ गुमेको पाइएको बीबीसीले जनाएको छ ।

जलवायु परिवर्तनको असरका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । २५ हजार ९३८ फिटको उचाइमा रहेको साउथ कोल हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी पातलिएको अध्ययन टोलीको निष्कर्ष छ ।

सन् १९९० देखि हिमनदीको बरफ पग्लिन थालेको र ३० वर्षको अवधिमा यसअघि दुई हजार वर्ष लागेर बनेको बरफ पग्लिसकेको प्रतिवेदनमा उल्लेख छ ।

१० जना वैज्ञानिकहरूको टोली हिमनदीमा पुगेर अध्ययन गरेका हुन् । अध्ययन टोलीले विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना ल्याएका छन् ।

बाक्लो हिउँ पग्लिएपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालेको अध्ययन टोलीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago