काठमाडौं: बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको बहुचर्चित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज भएको छ । अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो ।
ट्रेलर रिलिज भएसँगै ‘गंगुबाई काठियावाडी’लाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् । चलचित्रमा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् ।
यो चलचित्रको कथा ‘द माफिया क्वीन अफ मुम्बई’ पुस्तकमा आधारित छ । पुस्तकलाई हुसैन जैदीले लेखेका हुन् ।
‘गंगुबाई काठियावाडी’ यही २५ फेब्रुअरीमा रिलिज हुनेछ ।
‘स्टुडेन्ट अफ द इयर’बाट बलिउड यात्रा सुरु गरेकी आलियाले हाइवे, उडता पञ्जाब जस्ता चलचित्रबाट दर्शकमाझ बेग्लै छाप छोड्न सफल भएकी छन् । ‘गंगुबाई काठियावाडी’बाट उनको करिअरको नयाँ अध्याय हुने विश्लेषण गर्न थालिएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…