सिंहदरबार गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत आस्था सुब्बाको निधन

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत  पूर्व संचारकर्मी एवं इस्ट हराइजन मावि धुलाबारीकी भुतपूर्व विद्यार्थी आस्था सुब्बाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

सिंहदरबार पूर्वी गेटनजिकै बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपराह्न ठक्कर दिँदा घाइते भएकी थिइन् ।   उनलाई तत्कालै उपचारका लागि मोडल अस्पताल लगिएको थियो । कार्यालय समय सकेर फर्किँदै गर्दा दुर्घटना भएको हो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

सुब्बाको पति र नाबालक छोरा छन् । ‘हामीले एक कुशल अधिकृतलाई गुमायौं । निकै दुःख लागेको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।
पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले एक प्रतिभाशाली अधिृकत गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका छन् ।

उनी विगतमा कंचनजंघा एफएमकी कार्यक्रम संचालिका रहेकी थिइन् । उनले धुलाबारी माविमा कक्षा ९ र १० अध्ययन गरेकी थिइन् ।अध्यापन गर्दा अत्यन्तै मेधावी विद्यार्थी सुब्बाको दुर्घटनामा निधन भएको समाचारले अत्यन्तै विह्वल र स्तब्ध बनाएको विद्यालय परिवारले जनाएको छ । उनी सोही धुलाबारी माविकी पूर्व शिक्षक हरिमाया सुब्बाकी जेठी छोरी हुन् ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago