सिंहदरबार गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत आस्था सुब्बाको निधन

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत  पूर्व संचारकर्मी एवं इस्ट हराइजन मावि धुलाबारीकी भुतपूर्व विद्यार्थी आस्था सुब्बाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

सिंहदरबार पूर्वी गेटनजिकै बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपराह्न ठक्कर दिँदा घाइते भएकी थिइन् ।   उनलाई तत्कालै उपचारका लागि मोडल अस्पताल लगिएको थियो । कार्यालय समय सकेर फर्किँदै गर्दा दुर्घटना भएको हो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

सुब्बाको पति र नाबालक छोरा छन् । ‘हामीले एक कुशल अधिकृतलाई गुमायौं । निकै दुःख लागेको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।
पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले एक प्रतिभाशाली अधिृकत गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका छन् ।

उनी विगतमा कंचनजंघा एफएमकी कार्यक्रम संचालिका रहेकी थिइन् । उनले धुलाबारी माविमा कक्षा ९ र १० अध्ययन गरेकी थिइन् ।अध्यापन गर्दा अत्यन्तै मेधावी विद्यार्थी सुब्बाको दुर्घटनामा निधन भएको समाचारले अत्यन्तै विह्वल र स्तब्ध बनाएको विद्यालय परिवारले जनाएको छ । उनी सोही धुलाबारी माविकी पूर्व शिक्षक हरिमाया सुब्बाकी जेठी छोरी हुन् ।

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago