आज नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले हरायो

काठमाडौँ: नेपालले तेस्रो ट्वान्टी-२० खेलमा जिम्बावे ‘ए’ लाई ८ विकेटले हराएको छ । जिम्बावेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि आसिफ शेखले नटआउट रहँदै सर्वाधिक ८७ रन बनाए । ५४ बल सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल भुर्तेलले ३४ रन बनाए । बसिर अहमदले १० रन बनाए । जिम्बावेका लागि ल्युक जोंग्वे र ब्रान्डन माभुटाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१६ रन बनाएको थियो । जिम्बावेका लागि रोय कायाले सर्वाधिक ४९ रन बनाए । त्यस्तै तादिवानाशे मारुमनीले २७ रन बनाउँदा ल्युक जोंग्वले २३ रन बनाए । त्यस्तै इनोसेन्ट कायाले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामी र बसिर अहमदले १/१ विकेट लिए । तीन ट्वान्टी-२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago