काठमाडौँ: नेपालले तेस्रो ट्वान्टी-२० खेलमा जिम्बावे ‘ए’ लाई ८ विकेटले हराएको छ । जिम्बावेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि आसिफ शेखले नटआउट रहँदै सर्वाधिक ८७ रन बनाए । ५४ बल सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल भुर्तेलले ३४ रन बनाए । बसिर अहमदले १० रन बनाए । जिम्बावेका लागि ल्युक जोंग्वे र ब्रान्डन माभुटाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१६ रन बनाएको थियो । जिम्बावेका लागि रोय कायाले सर्वाधिक ४९ रन बनाए । त्यस्तै तादिवानाशे मारुमनीले २७ रन बनाउँदा ल्युक जोंग्वले २३ रन बनाए । त्यस्तै इनोसेन्ट कायाले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामी र बसिर अहमदले १/१ विकेट लिए । तीन ट्वान्टी-२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…