रामेछाप: काठमाडौंबाट मन्थली आउँदै गरेको माइक्रोबस रामेछापको मन्थली नगरपालिका ६ मा दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए ।
प्रहरी निरीक्षक ढकालका अनुसार सेलेघाट नजिक बा २ ख ४१८० नम्बरको माइक्रोबस दुर्घटनामा परी गम्भीर घाइते भएकी यात्रु सविना मोक्तान र उनका ६ वर्षीय छोरालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । अन्य घाइतेको सिन्धुलीको खुर्कोटस्थित शुभजीवन र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस सडकबाट करिब २ सय मिटर तल खसेको ढकालले बताएका छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…