धादिङ : धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
निम्ता मानेर आफ्ना घर फर्किन लाग्दा रोकेर राखिएको ट्रकले स्टार्ट गर्ने क्रममा ती मानिस र स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ज्वालामूखी गाउँपालिका–५ की ४० वर्षीय डिलमायाँ आलेमगरको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सो घटनामा घाइते चार जनाको उपचार भइरहेको र अरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए । दुर्घटनापछि निम्तामा आएकाले घाइतेको उद्धार गरी धादिङ अस्पतालमा उपचारका लागि पुर्याएका थियो । रासस
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…