पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलका उम्मेदवारले जित्नु पर्छ : पाण्डे

पाल्पा – लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलले जित्नु पर्ने बताएका छन् । उनीहरुले प्रत्येक मतदाताहरु समक्ष पुगेर विकास र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिरहेका छन् । उम्मेदवारले जनतालाई गठबन्धनको अहिलेको आवश्यकता र औचित्यका विषयमा प्रष्ट पार्दै पाल्पा र समग्र मुलुकको समृद्धिका लागि आफुहरुले निर्वाचन जित्नै पर्ने बताएका छन् ।  उनीहरु समृद्धिको साझा एजेण्डा बनाएर मतदाता समक्ष पुुगिरहेका छन् ।


पाल्पा क्षेत्र नं .२ का विभिन्न टोल वस्तीमा मत माग्न पुगेका गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेयले नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै पाल्पालाई समृद्ध बनाउन आफुहरुलाई मत दिन मतदाताहरु समक्ष आग्रह गरेका छन् । पाल्पालाई आर्थिक रुपमा बलियो बनाउने स्पष्ट योजना गठबन्धनसँग मात्र भएकाले आफुहरुलाई विजयी बनाउन मतदातालाई भनेका छन् । पाण्डेयले पाल्पा क्षेत्र नं २ मा थुप्रै धार्मिक, पर्यटकीय सम्भावना रहेकाले तिनीहरुको उपयोग गरी समृद्धि ल्याउनेमा जोड दिए ।
प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले  अबको राजनीतिक यात्रा समृद्ध र सुखी नागरिक निर्माण गर्ने रहेको मतदातालाई स्पष्ट पारे । उनले गठबन्धन दलबाट मात्रै समृद्धिको सपना साकार हुने भएकाले मंसिर ४ को निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । क्षेत्र नं २ (१)का विभिन्न टोल–टोलमा पुगेर रानाले जनताको आर्थिक समृद्धि भए मात्र मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने भन्दै जनताको समृद्धिका लागि आफुहरुले दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए ।  घरदैलो गर्दै हिडेका नेता रानाले गाउँमा रोजगारी र आम्दानी अबको आफ्नो प्राथमिकता रहेको मतदातालाई सुनाए । ‘गाउँ–गाउँमा बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको सुविधा पुगिसकेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ’, रानाले भने ।


प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता तुलाराम (बसन्त) घर्तीले  अबको विकास भनेको जनताको जीवनस्तर सुधार गर्ने खालको हुनुपर्ने बताएका छन् । उनले रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका मतदाताहरुसँग चुनावी घरदैलोका क्रममा वितेको पाँच वर्षमा आफूले भौतिक विकासका काम गरेको र अब जनताको आर्यस्तर वृद्धि गरी समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुने बताए । उनले पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका भित्रका मतादातसँगको भेटमा अहिलेको गठबन्धनले मात्रै नागरिकको मर्मअनुसार काम गर्ने हुँदा निष्पक्ष भएर मतदान गर्न पनि अनुरोध गरेका छन् । ‘राष्ट्र नै संकटमा पर्ने अवस्था सिर्जना भएपछि बनेको बाम लोकतान्त्रिक गठबन्धनले स्थानीय तहमा सफल भएको छ’ उनले भने अब प्रदेश र संघको लागि पनि गठबन्धनभित्रकै उम्मेदवार निर्वाचित भई सरकार बन्ने उनको दावी छ ।
पाल्पा क्षेत्र नं .१ मा  गठबन्धनका साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहाले विकास र समृद्धिको क्षेत्रमा पछाडी रहेको पाल्पा क्षेत्र नं १ को विकास र समृद्धिका लागि आफुले योजना बनाएको बताएका छन् । उनले मतदाताहरुको घर घरमा पुगेर  पटक–पटक नेकपा एमालेका उम्मेदवारलाई विजय बनाएर पठाए पनि यस क्षेत्रको विकास नभएको भन्दै आफुहरु संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन एक भएर यस क्षेत्रको विकास र समृद्धिका लागि अगाडि बढेकाले मंसिर ४ को निर्वाचनमा मत दिएर अवसर प्रदान गर्न मतदातालाई आग्रह गरेका छन् । त्यस्तै क्षेत्र नं.१ को प्रदेशसभा १ (क) का उम्मेदवार श्यामकान्त खनाल, १ (ख)का शंकर खनालले पनि क्षेत्र नं.१ का समस्याहरु आफुहरुले राम्रोसँग बुझेकाले त्यसका समाधानका लागि पनि आफुहरुसँगै भिजन र ठोस योजना रहेको बताएका छन् ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago