एलपी ग्यासमा भन्दा विद्युतीय चुल्होमा खाना पकाउँदा सस्तो पर्ने नेपाल विद्युत प्राधिकरण

झापा । एलपी ग्यासमा भन्दा विद्युतीय चुल्होमा खाना पकाउँदा ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म सस्तो पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । त्यसैलाई आधार बनाएर सरकारले आगामी आर्थिक वर्षमा ‘एक घर एक विद्युतीय चुल्हो’ वितरण गर्ने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक परिवारलाई एउटा विद्युतीय चुल्हो अनुदानमा दिने घोषणा गर्नुभएको हो ।

यो कार्यक्रम स्थानीय तहमार्फत लागू हुनेछ । सर्वसाधारणले आफ्नो गाउँपालिका वा नगरपालिकाको माध्यमबाट अनुदानको विद्युत्तीय चुल्हो प्राप्त गर्न सक्नेछन् । विद्युतको पहुँचबाहिर रहेका घरपरिवारको हकमा धुवाँमुक्त भान्छा अभियानअन्तर्गत सुधारिएको चुल्हो वितरण गरिनेछ । सरकारलाई हरेक घरमा विद्युतीय चुल्हो पु¥याउनु अघि विद्युत पु¥याउनुपर्ने चुनौति पनि छ ।

दुई वर्ष भित्र विद्युत र एकवर्ष भित्र विद्युतीय चुल्हो पु¥याउने बजेटमै गरिएको घोषणा व्यवहारिक नदेखिएपनि भारतबाट आयात गरी अनुदानमा बिक्री गर्दै आएको खाना पकाउने एलपी ग्यासको प्रयोग निरूत्साहित गर्ने नीतिअनुरूप विद्युतिय चुल्हो र सुधारिएको चुल्हो प्रवद्र्धन गर्ने सरकारले घोषणा गरेको हो । गत आर्थिक वर्षमा चार लाख ७७ हजार सात सय ५२ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको थियो । यसको लागि १५ अर्बभन्दा धेरै खर्च भएको नेपाल आयल निगमको तथ्याङ्क छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago